Comments Add Comment

‘कृष्ण लीला’मा दीपिकाको ठाउँमा श्रद्धा

चलचित्र ‘कृष्ण लीला’को छायांकन प्रारम्भ नहुँदै नायिका परिवर्तन गरिएको छ । चलचित्रमा नायक पुष्प खड्का र नायिका दीपिका प्रसाँइको मुख्य भूमिका रहने पक्का भएको थियो । तर, चलचित्रको छायांकन सुरु हुनु भन्दा केही समय अगाडि नायिका श्रद्धा क्षेत्रीको प्रवेश भएको छ । नायिका दीपिका प्रसाँइले स्वास्थ्य समस्याका कारण चलचित्रमा काम गर्न नसकेपछि उनको ठाउँमा श्रद्धालाई लिइएको हो ।

श्रद्धा लामो समयदेखि मुम्बइमा रहेर मोडलिङ गर्दै आएकी छिन् । श्रद्धाले अभिनय गरेको चलचित्र ‘हृदयभरि’ रिलिजको प्रतिक्षामा छ । यो चलचित्रमा उनले नायक पल शाहसँग रोमान्स गरेकी छिन् ।

यो चलचित्रमा पुष्प र श्रद्धाका अलवा वुद्दि तामाङ, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । लक्ष्मण सुवेदीको कथा, पटकथा, संवाद रहेको चलचित्रको छायांकन मंसिर १५ गतेबाट सुरु हुने निर्माणपक्षले बताएको छ ।

रोहित कट्टेल प्रस्तुतकर्ता रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, शिव ढकालको छायांकन रहनेछ ।

निर्माता रत्न श्रेष्ठले नायिका दीपिका प्रसाँइले थाइराइट र माइग्रेसनको समस्याले पीडित रहेका कारण चलचित्रमा काम गर्न नसकेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment