+

शेन वाट्सनले लिए सन्यास

२०७७ कात्तिक  १९ गते १२:१८ २०७७ कात्तिक १९ गते १२:१८
शेन वाट्सनले लिए सन्यास

१९ कात्तिक, काठमाडौं । चेन्नाई सुपर किंग्सका अलराउण्डर शेन रोबर्ट वाट्सनले सबैखाले क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।

इन्डियन प्रिमियर लिग (आईपीएल)को राउण्ड रोबिनअन्तर्गत किंग्स इलाभेन पञ्जाबविरुद्धको म्याचलाई नै वाट्सनले अन्तिम बनाउन चाहे ।

सन् २०१८ मा चेन्नाईले आईपीएल जित्दा वाट्सनले फाइनलमा शतक प्रहार गरेका थिए । उनले रोयल च्यालेन्जर्स बैंगलौर र राजस्थान रोयल्सबाट पनि आईपीएल खेले ।

वाट्सनसहितको राजस्थानले २००८ मा आईपीएल उपाधि जितेको थियो ।

अष्ट्रेलियाका वाट्सनले राष्ट्रिय टीमबाट भने २०१५ मै सन्यास घोषणा गरिसकेका थिए ।

‘आफ्नो खेल जीवनको अन्तिम अध्याय लेख्न साँच्चै गाह्रो हुँदो रहेछ, तै पनि मैले कोशिस गरेँ,’ ४१ वर्षीय वाट्सनले टि्वटरमा लेखका छन्, ‘मैले अत्यन्त राम्रो खेल जीवन जीउन पाएँ, त्यसका लागि सबैप्रति आभार प्रकट गर्न चाहन्छु ।’

क्रिकेटर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय