Comments Add Comment
१२औं राष्ट्रिय जनगणना :

४२ हजार बेरोजगारलाई गणकको काम, कूटनीतिक नियोगमा ई-सेन्सस

१९ कात्तिक, काठमाडौं । आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म १२ औं राष्ट्रिय जनगणना हुँदैछ । हरेक १० वर्षमा हुने जनगणनाका लागि त्यसको एक महिनाअघि आवश्यक सामग्रीहरू जिल्ला स्थित कार्यालयसम्म पुर्‍याइसक्नुपर्ने हुन्छ ।

तर तोकिएकै मितिमा जनगणनाको काम सम्पन्न गर्नको लागि कस्तो तयारी गरिरहेको छ त राष्ट्रिय योजना आयोग अन्तर्गत् रहेको केन्द्रीय तथ्यांक विभागले ?

प्रतिकुल परिस्थिति सिर्जना भएको थिएन भने सरकारले राष्ट्रिय जनगणनाभन्दा पहिले चौथो जीवनस्तर सर्वेक्षण र पहिलो बृहत् औद्योगिक सर्भेक्षण २०७६ गर्ने थियो ।

यसबाट राष्ट्रिय जनगणनाको तथ्यांक संकलनमा धेरै सहयोग मिल्ने थियो । अध्ययनका लागि जाने कर्मचारीबाट विभिन्न ठाउँका समस्या र चुनौतीबारे जानकारी लिएर जनगणनाको लागि सोही अनुसार तयारी हुन्थ्यो । तर कोरोना भाइरसका कारण सबै जनशक्ति राष्ट्रिय जनगणनाको बाँकी काम पूरा गर्न लागेको छ ।

सरकारले तीनवटै सर्वेक्षणका अलावा सातौं राष्ट्रिय कृषि गणना २०७८ र बहुसूचक सर्वेक्षणका लागि समेत बजेट विनियोजन गरेको थियो । यति हुँदाहुँदै पनि धेरै काममा कोरोना महामारीको प्रभाव पर्‍यो । फिल्डमा तालिम केन्द्रहरु कहाँकहाँ राख्ने भन्ने यकीन भएपनि अनुगमनमा जानै समस्या भएको विभागका अधिकारीहरू बताउँछन् ।

फिल्डमा तालिम केन्द्रहरु कहाँकहाँ राख्ने भन्ने यकीन भए पनि अनुगमनमा जानै समस्या भएको विभागका अधिकारीहरू बताउँछन् । राष्ट्रिय तथ्यांक विभागका सूचना अधिकारी तीर्थराज चौलागाईं काम चलाउन सबै तयारी गरिरहे पनि कोरोनाको कारण खुलेर लाग्न नसकिएको बताउँछन् ।

४२ हजार बेरोजगारलाई गणना बनाइने

यो वर्ष सरकारले जनगणना कार्यमा सरकारी विद्यालयका शिक्षकहरूको साटो बेरोजगार युवालाई लगाउने तयारी गरेको छ ।

कक्षा १२ पास गरेकाहरुलाई गणकको रूपमा खटाउन आवेदन आहृवान गर्ने तयारी छ । जनगणनामा कर्मचारीबाट ९ हजार सुपरभाइजरको लागि आगामी माघमा र ४२ हजार गणकको लागि फागुनमा अनलाइन विज्ञापन गर्ने तयारी छ । सुपरभाइजर दुईमहिना र गणक एकमहिनाका लागि करारमा नियुक्त हुनेछन् ।

हरेक घर पुग्नुपर्ने र कोही छुट्न नहुने भएकोले राष्ट्रिय जनगणना व्यापक किसिमको सर्वेक्षण हो । यो वर्षको राष्ट्रिय जनगणना कार्यक्रममा मूल र सामुदायिक प्रश्नावलीको व्यवस्था गरिँदैछ ।

सामुदायिक प्रश्नावलीमा मुख्य जातजाति तथा भाषा, सेवा सुविधामा पहुँच, सहरी सेवा, प्राकृतिक जोखिम र वातावरण सम्बन्धी प्रश्नहरू समेटिने सूचना अधिकारी चौलागाईंले बताए ।

यो पनि पढ्नुहोस जनगणनामा कस्ता प्रश्न, कस्ता उत्तर ?

कुनै पनि ठाउँ सुविधाको हिसाबले सहर हो या गाउँ ? भनेर छुट्टयाउन पनि सामुदायिक प्रश्नावली तयार पारिएको उनले बताए । यसबाट भोलि प्राकृतिक विपद पर्दा ठाउँ अनुसार उद्धार योजना बनाउन पनि सजिलो हुने उनको भनाइ छ ।

यसपटक देशबाहिर कूटनीतिक नियोगमा रहेका नेपालीको तथ्यांक संकलन ई-सेन्ससबाट हुने भएको छ । दूतावास र कूटनीतिक नियोगमा रहेका सबैको तथ्यांक संकलन गर्ने जिम्मा अहिले परराष्ट्र मन्त्रालयलाई दिइएको छ । ई-सेन्ससमार्फत् तथ्यांक संकलन गर्न लागिएको पनि यो पहिलो पटक हो ।

काठमाडौं उपत्यकाका नगरपालिकाहरूमा ट्याब्लेट प्रयोग गरेर तथ्यांक संकलन गर्ने तयारी भइरहेको विभागले जनाएको छ । अरू ठाउँमा भने कागजको फारम नै प्रयोग हुने छ ।

अघिल्लो जनगणनामा संघीय संरचना तयार भइसकेको थिएन । यसपालि स्थानीय, प्रदेश र केन्द्र सरकारसँग समन्वय गर्न छुट्टाछुट्टै समन्वय समितिको अवधारणा ल्याइएको जानकारी सुचना अधिकारी चौलागाईंले दिए ।

मुख्य चुनौती तालिम र गणना

अहिले राष्ट्रिय जनगणनाका लागि सुपरभाइजर र गणकलाई तालिम दिने मुख्य चुनौती छ । कोरोना भाइरस संक्रमणका कारण भौतिक उपस्थिति सम्भव नभएको अवस्थामा दिइने भर्चुअल तालिम कति प्रभावकारी होला भन्ने आशंका रहेको योजना आयोगका सदस्य डा. रामकुमार फुयाँल बताउँछन् ।

कोरोनाको महामारी रोकिएन भने गणकहरुलाई गाउँगाउँमा खटाउन पनि समस्या पर्छ नै । त्यो अवस्थामा कुनै वैकल्पिक तरिका निस्कन सक्ने डा. फुयाँलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment