Comments Add Comment

कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु

१९ कात्तिक, काठमाडौं । कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ ।

काठमाडौंमा ७ जना, कास्कीमा ५ जना, सुनसरीमा २ जना, इलाम, झापा, सप्तरी, ललितपुर, दोलखा, मकवानपुर, चितवन, तनहुँ, गुल्मी र रोल्पाका १/१ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालहरुले जानकारी दिएका छन् ।

  • चुलाचुली नगरपालिका– ६ इलामकी ८४ वर्षकी महिलाको विराटनगरको नोबेल शिक्षण अस्पतालमा बुधबार मृत्यु भएको छ । स्वास प्रश्वासमा समस्या आएपछि कात्तिक १८ गते अस्पताल भर्ना भएकी उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।
  • दमक नगरपालिका–३ झापाका ६४ वर्षका पुरुषको विराटनगरको नोबेल शिक्षण अस्पतालमा बुधबार विहान मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि कात्तिक १२ गते अस्पताल भर्ना भएका उनमा दमको समस्या थियो ।
  • राजविराज नगरपालिका– २ सप्तरीका २८ वर्षका पुरुषको बुधबार विहान ११ बजे साइकृष्ण मेडिकल कलेजको आइसोलेसनमा मृत्यु भएको छ । कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका उनी गजेन्द्रनारायण सिंह अस्पतालका ल्याबमा काम गर्ने कर्मचारी हुन् ।
  • इटहरी उपमहानगरपालिका–६ सुनसरीकी ९ वर्षकी बालिकाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार मृत्यु भएको छ । कात्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई कात्तिक १८ गते भर्ना गरिएको थियो ।
  • धरान उपमहानगरपालिका–१ सुनसरीकी ६१ वर्षकी महिलाको बुधबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । असोज ३० गते कोरोना संक्रमण पुष्टि भएकी उनी कात्तिक ५ गते अस्पताल भर्ना भएकी थिइन् । स्वासप्रश्वासमा समस्या देखिएकी उनी उच्च रक्तचापको बिरामी थिइन् ।
  • वौद्ध काठमाडौंका ७१ वर्षका पुरुषको बुधबार मृत्यु भएको छ । निमोनिया र मुटुको समस्या भई कात्तिक १५ गते अस्पताल भर्ना भएका उनमा कात्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी उच्च रक्तचाप, मधुमेह र मिर्गौला रोगी थिए ।
  • कागेश्वरी मनहरा नगरपालिका काठमाडौंका ४९ वर्षका पुरुषको कात्तिक १८ गते मृत्यु भएको छ । कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएका उनमा निमोनिया र मुटुको समस्या देखिएपछि कात्तिक १७ गते अस्पताल भर्ना भएका थिए । उनमा मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या थियो ।
  • कीर्तिपुर काठमाडौंका ८२ वर्षका पुरुषको बुधबार मृत्यु भएको छ । कात्तिक १८ गते अस्पताल भर्ना भएका उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।
  • काठमाडौंकी ५२ वर्षकी महिलाको कात्तिक १८ गते मृत्यु भएको छ । निमोनिया भएपछि कात्तिक ११ गते अस्पताल भनाए भएकी उनमा कात्तिक १८ गते नै संक्रमण पुष्टि भएको हो ।
  • सामाखुशी काठमाडौंकी ८६ वर्षकी महिलाको कात्तिक १८ गते मृत्यु भएको छ । कात्तिक १७ गते निमोनिया र मुटुको समस्या भई अस्पताल भर्ना भएकी उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।
  • गैरीधारा काठमाडौंकी ७१ वर्षकी महिलाको कात्तिक १८ गते मृत्यु भएको छ । निमोनिया भई कात्तिक १५ अस्पताल भर्ना भएकी उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो । उनमा उच्च रक्तचाप, मिर्गौला रोग र मुटुरोग थियो ।
  • कीर्तिपुर काठमाडौंकी ८२ वर्षकी महिलाको बुधबार मृत्यु भएको छ । कात्तिक १७ गते अस्पताल भर्ना भएकी उनमा कात्तिक १७ गते संक्रमण पुष्टि भएको थियो । उनमा उच्च रक्तचापको समस्या थियो ।
  • गोदाबरी ललितपुरका ८७ वर्षका पुरुषको कात्तिक १७ गते मृत्यु भएको छ । कात्तिक ४ गते संक्रमण पुष्टि भएका उनी कात्तिक १७ गते अस्पताल भर्ना भएका थिए ।
  • बिगु दोलखाका ७७ वर्षका पुरुषको बुधबार मृत्यु भएको छ । निमोनिया भई कात्तिक १२ गते अस्पताल भर्ना भएका उनमा कात्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • मकवानपुरका ५७ वर्षका पुरुषको कात्तिक १७ गते मृत्यु भएको छ । कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएका उनी निमोनिया भएपछि कात्तिक १० गते अस्पताल भर्ना भएका थिए ।
  • राप्ती नगरपालिका–१० चितवनकी ३९ वर्षकी महिलाको बुधबार विहान भरतपुर अस्पतालमा मृत्युभएको छ । कात्तिक १५ गते स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी उनमा कात्तिक १७ गते संक्रमण पुष्टि भएको थियो ।
  • पोखरा महानगरपालिका–३२ कास्कीकी ४२ वर्षकी महिलाको कात्तिक १८ गते राति ११ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । कात्तिक १६ गते संक्रमण पुष्टि भएको उनमा निमोनिया, मिर्गौला रोग र हाइपरटेन्सनको समस्या भएको थियो ।
  • पोखरा महानगरपालिका–२६ कास्कीका ७३ वर्षका पुरुषको बुधबार विहान ७ः२५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका उनमा निमोनियाको समस्या थियो ।
  • पोखरा महानगरपालिका–२५ कास्कीका ५२ वर्षका पुरुषको बुधबार विहान साढे ७ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उनमा कात्तिक १५ गते संक्रमण पुष्टि भएको थियो । उनमा पनि निमोनियाको समस्या देखिएको थियो ।
  • पोखरा महानगरपालिका– १६ कास्कीका ५९ वर्षका पुरुषको मंगलबार राति ११ बजे चरक मेमोरियल अस्पताल पोखरामा मृत्यु भएको छ । उनमा कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • पोखरा महानगरपालिका– १६ कास्कीका २८ वर्षका पुरुषको मंगलबार विहान मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उनमा कात्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • ब्यास नगरपालिका– ४ तनहुँका ७० वर्षका पुरुषको बुधबार पौने १ बजे पोखराको चरक अस्पतालमा मृत्यु भएको छ । उनमा कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • मेवाङ रोल्पा घर भएकी पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको कोरोना संक्रमणका कारण काठमाडौंको नर्भिक अस्पतालमा बुधबार विहान मृत्यु भएको छ । कात्तिक १३ गते दाङको गोर्खा अस्पतालमा भर्ना भएकी उनमा कात्तिक १४ गते संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या बढ्दै गएपछि हेलिकप्टरबाट कात्तिक १४ गते नै काठमाडौं ल्याइएको थियो । उनी माइस्थेनिया नामको रोगबाट पीडित थिइन् ।
  • गुल्मीदरबार गाउँपालिका–६ गुल्मीका ८५ वर्षका पुरुषको बुटवलको कोरोना विशेष अस्पतालमा मंगलबार साँझ मृत्यु भएको छ । कात्तिक १३ गते संक्रमण पुष्टि भएका उनी सोही दिन अस्पताल भर्ना भएका थिए । उनी उच्च रक्तचापको बिरामी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment