Comments Add Comment

बच्चालाई पैसा होइन ‘गुरुमन्त्र’ दिनुहोस्

समाजमा दुष्टता बढ्दै जाँदा सबैले यसको सामना गर्ने उपायहरू खोजिरहेका हुन्छन् । समाजमा देखिएका नराम्रा आचरणलाई रोक्नको लागि हाम्रो भूमिका के ? भन्ने पनि सबैले ध्यान दिनुपर्छ । समाज सुधार्नको लागि पहिलो आफू सुध्रिनुपर्छ र त्यसपछि आफ्नो परिवार सुधार्नुपर्छ । सबैंले आफू र आफ्नो परिवार सुधार्न हो भने एकैपटक समाज सुधार भइहाल्छ ।

हामीले आफ्ना साना बच्चाहरूलाई सही शिक्षा दिएर एउटा समाजमा असल अभ्यासको थालनी गर्न सक्छौं । तर सही शिक्षाको अर्थ राम्रो किताबी ज्ञान नभएर एउटा असल संस्कारी शिक्षाको कुरा हो ।

बच्चाहरू यदि पढ्न र लेखन कार्यमा राम्रो छ भने उसले राम्रो नोकरी पाउन सक्छ । तर बच्चा कुशल, शिष्ट र राम्रो चरित्रको छ भने उसको जीवनमा धेरै अवसरका ढोकाहरू खुला हुन सक्छन् । त्यसैले पूर्वीय दर्शनले सधैंभरि नैतिक शिक्षाको वकालत गरिरहेको हुन्छ ।

बच्चालाई राम्रो नैतिक मूल्य सिकाउनुभन्दा राम्रो लगानी अरू छैन । यो लगानीमा तपाईं विनाखर्च धेरै प्रतिफल पाउन सक्नुहुन्छ । पैसा दिनुको सट्टा बच्चाहरूलाई यी छ गुरुमन्त्रहरू सिकाउनुहोस्, जसले उनीहरूलाई उत्तम मानव बनाउन सकिन्छ ।

पहिलो मन्त्रः बच्चाहरूलाई नम्रताको महत्व बुझाउनुहोस् ।

भनिन्छ, रूखमा जति धेरै फल फलाइन्छ ती सबै फलहरू झुकेका हुन्छन् । झुकाउनुको अर्थ सानो बन्नु होइन । हरेक व्यवहार झुकेर जित्न सकिन्छ भन्ने मान्यता बच्चाहरूलाई सिकाउनु जरुरी हुन्छ । नम्रता नै बहादुर मान्छेको रत्न हो । हिजोआज, नम्रतालाई दयाको साथ सम्बन्धित गरेर व्याख्या गरिएको हुन्छ । जुन पूर्ण रूपमा गलत धारणा हो । नम्रतापूर्वक बोल्नु कुनै दया अथवा कमजोरी होइन तर तपाईंको भित्री शक्तिको प्रतीक हो ।

दोस्रो मन्त्रः बच्चाहरूमा धन्यवाद भन्ने शैलीको विकास गराउनुपर्छ ।

विदेशीहरू नेपाल आउँदा जे काममा पनि धन्यवाद र आभार व्यक्त गरिहाल्छन् । तर नेपालीहरूको व्यवहार केही फरक छ । त्यसको अर्थ नेपालीको संस्कार नै छैन भन्ने त होइन । यद्यपि धन्यवाद संस्कार पनि बच्चालाई सानै उमेरदेखि सिकाउन सकियो भने त्यसले अझ धेरै बच्चालाई सामाजिक बनाउन मद्धत गर्छ । कोही व्यक्तिलाई केही काम लगाइसकेपछि सो कामप्रति कृतज्ञता व्यक्त गर्नु वा धन्यवाद ज्ञापन गर्नुलाई आफैँमा असल संस्कार मान्न सकिन्छ ।

अर्कोतर्फ तपाईंले बच्चालाई केही काम लगाउनु भएको छ र त्यो काम उसले सम्पन्न गरेपछि उसको कामबारे प्रशंसा गर्नुपर्छ, साथै उनीहरूलाई धन्यवाद समेत दिनुपर्छ । बच्चासँग बजार जाँदा साथीहरू, शिक्षकहरू, पसलेहरू लगायतसँग भेट्दा उनीहरूले गरेको सहयोगमा धन्यवाद भन्न नछुटाउनुहोस् । यसले बच्चामा कुनै पनि काम लगाइसकेपछि धन्यवाद भन्नुपर्ने संस्कार बारे जानकारी मिल्छ ।

तेस्रो मन्त्रः गल्ती स्वीकार्न सिकाउनुहोस्

सही अर्थमा यो साहसी व्यक्ति हो जसले गल्ती गरेको स्वीकारे माफी माग्न सक्छ । मान्छे भएपछि केही काम गर्छ र त्यसमा गल्ती पनि हुन्छ । हामी गल्ती गर्नबाट बच्न सक्दैनौं तर यो गल्तीलाई स्वीकार्न र यसबाट पाठ सिक्न सक्छौं । त्यसैले बच्चालाई हामीले गरेको गल्ती स्वीकार गर्न सिकाउनुपर्छ ।

सामान्यतया पाँच वर्षको उमेरसम्म बच्चाहरूलाई आफ्नो गल्तीकोे महसुस हुँदैन । तिनीहरू प्रायः बुझ्दैनन् कि किन आमाबाबुले उनीहरूलाई गाली गरिरहन्छन् । धेरै अभिभावकहरूले बच्चाहरूलाई केही गल्ती ग¥यो भने त्यसलाई स्वीकार गर्न भन्छन् । तर उनीहरूलाई धम्कीपूर्ण नभएर सौहार्दपूर्ण रूपमा सम्झाउनुपर्छ ।

चौथो मन्त्रः बच्चाहरूलाई आफ्नो कुरा स्पष्टसँग राख्न सिकाउनुहोस्

संसारमा हिजो, आज र भोलि पनि सबैभन्दा महत्वपूर्ण कुरा भनेको अरूलाई आफ्नो अभिव्यक्तिको बारेमा स्पष्ट बताउनु हो । कहिलेकाहीँ हामीले आफ्नो अभिव्यक्ति राख्दा ‘ठूला मान्छे बोलिरहेको ठाउँमा सानाले बोल्नुहुन्न भन्ने अभिव्यक्ति पनि सुन्नुपर्ने हुन सक्छ । तर यसको अर्थ यो होइन कि ठूला मान्छेले बोलेको गलत कुरालाई पनि चुप लागेर बस्नुपर्छ । यदि त्यस्तो अवस्थामा बच्चालाई कसरी आफ्नो कुरा राख्नुपर्छ ? भनेर सिकाउनु पनि आवश्यक हुन्छ । यस्तो भयो भने थप समस्याको सिर्जना नहुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment