+
+
Shares

कोरोना संक्रमित कैलालीका पुरुषको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २० गते ११:२९

२० कात्तिक कैलाली । कैलालीमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

जिल्लाको धनगढी उपमहानगरपालिका–५ का ९२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट बिहीबार बिहान मृत्यु भएको हो ।

कडा खालको निमोनिया भएर कात्तिक १७ गते अस्पताल आएका उनको कोरोना अस्थायी अस्पतालमा उपचार भइरहेको थियो ।

भेन्टिलेटरमा राखेर उपचार भइरहेका उनको बिहान करिब साढे ५ बजे मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?