Comments Add Comment

आईसीयूमा उपचाररत बिरामीलाई देवघाट पुर्‍याएर दशदान वैतरणी गराइयो !

२० कात्तिक, चितवन । चितवन मेडिकल कलेजको आईसीयूमा उपचाररत एक जना युवकलाई परिवारका सदस्यहरुले देवघाट लगेर दशदान वैतरणी गराएको खुल्न आएको छ ।

सवारी दुर्घटना परी घाइते भएका मकवानपुरको हेटौंडा उपमहानरपालिका वडा नं. ८ कमाने निवासी ३४ वर्षीय दिनेश खतिवडालाई परिवारले उपचार गर्दागर्दै अस्पतालबाट निकालेर देवघाट लगेका हुन् । उनलाई देवघाटमा लगेर दशदान वैतरणीसमेत गरिएको खतिवडाको आफन्त ईश्वरी अधिकारीले जानकारी दिइन् ।

गएको कात्तिक १४ गते मोटरसाइकल दुर्घटनामा परी घाइते भएका खतिवडालाई राति ९ बजेर ५० मिनेटमा चितवन मेडिकल कलेजमा ल्याइएको थियो । प्रहरीका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. २ चौकीटोलमा ना ६ ख ४४५ नम्बरको ट्याक्टरले, प्रदेश ३–००४ प १५८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको टाउकोमा गम्भिर चोट लाग्नुका साथै दायाँ हात भाँचिएको छ । चिकित्सक डा. अजित श्रेष्ठका अनुसारसोही दिन टाउकोको अप्रेसन गरेर आईसीयूमा राखी उपचार भैरहेको थियो ।

तर बिरामीको थप उपचार गर्न नसक्ने भन्दै कात्तिक १९ गते बुधवार दिउँसो करिब २ बजे बिरामी निकालेर देवघाट लगेको स्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले बताए ।

देवघाटमा दशदान गर्ने क्रममा बिरामी चलमलाएपछि बुधवार राति ८ः४५ बजे पुनः चितवन मेडिकल कलेजमा ल्याएका थिए । बिरामीको अवस्था अति नै जटिल रहेको र अस्पतालमा भेन्टिलेटर तत्काल उपलब्ध नभएको भन्दै त्यहाँबाट फर्काइएका ती बिरामीको हाल पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

उनको अस्पतालको कोभिड स्क्रिनिङ्ग आइसियूमा राखेर उपचार भैरहेको अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले जानकारी दिए । उनको अवस्था चिन्ताजनक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment