+
+
Shares

पुष्प भन्छन्–‘सबै मिलेर फिल्म क्षेत्रलाई उठाउनुपर्छ’

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २० गते १२:५५

नायक पुष्प खड्का नयाँ २ चलचित्रमा काम गर्ने तयारीमा छन् । उनले चलचित्र ‘कृष्ण लीला’ र मुकुन्द भट्टको निर्देशनमा तयार हुन लागेको एक्सन चलचित्रमा काम गर्ने तयारी गरेका हुन् । चलचित्र ‘कृष्ण लीला’को छायांकन मंसिर १५ गतेबाट सुरु हुने बताइएको छ ।

नायक पुष्प खड्का सबै जना मिलेर चलचित्र क्षेत्रलाई उठाउनुपर्ने बताउँछन् । पुष्पले भने–‘अहिले हामी सबैले मिलेर यो क्षेत्रलाई उठाउनुपर्नेछ । यो अवस्थामा हातेमालो गरेर चलचित्र निर्माणमा सहज वातावरण बनाउन आवश्यक छ ।’

पुष्पले चलचित्र तथा म्यूजिक भिडियोमा काम गर्दा पारिश्रमिक कम लिएको बताए । उनले भने–‘लकडाउनपछि मैले म्यूजिक भिडियोमा ३० प्रतिशत भन्दा बढी पारिश्रमिक कम गरेर काम गरिरहेको छु । चलचित्र कृष्ण लीलामा केही प्रतिशत पारिश्रमिक र बाँकी रकम शेयरमा काम गरेको हुँ ।’

पुष्पले लकडाउनपछि म्यूजिक भिडियो धेरै गरेर करिअरलाई घाटा नलागेको पनि बताएका छन् । उनले, चलचित्र रिलिजको समयमा म्यूजिक भिडियोमा कम काम गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?