Comments Add Comment

जुत्ताभित्र राखेर माकुरा तस्करी, यात्रुको जुत्ताभित्र भेटिए ११९ माकुरा

हामीकहाँ एयरपोर्टबाट सयौँ किलो सुन तस्करी भएको घटनाले निकै तरंग ल्यायो । उता फिलिपिन्समा चाहिँ ज्युँदो माकुरासमेत तस्करी हुँदोरैछ ।

हालै फिलिपिन्सको विमानस्थलस्थित भन्सार अधिकारीहरुले जुत्ताभित्र ११९ वटा जिवित माकुरा फेला पारेका छन् ।

एकजोर जुत्ताभित्र लुकाएर फिलिपिन्स भित्र्याउँदै गरेको तारान्तुला जातका माकुराहरु निनोए एक्विनो अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले पक्राउ गर्न सफल भएको हो ।

पोल्याण्डबाट माइकल क्रोलिकी नामका व्यक्तिका तर्फबाट आएको पार्सलमा रहेका जोर जुत्ताभित्र ती माकुरा फेला परेका थिए ।

उक्त पार्सल क्याभिटेस्थित जनरल ट्राएसका एक व्यक्तिको नाममा आएको थियो ।

गत अक्टोबर २८ मा भएको यो घटनाको बारेमा भन्सार ब्युरोका अधिकारीहरुले फेसबुकमार्फत् खुलासा गरेका थिए ।

डिएचएल बाट पठाइएको उक्त पार्सल एयरपोर्टस्थित डीएचएलको गोदाममा पुगेसँगै त्यसको आकार असामान्य देखेर शंका लागेपछि भन्सार अधिकारीहरुले त्यसमाथि चेकजाँच गर्दा जुत्ताभित्र माकुरा फेला परेका हुन् । एसिक्स कम्पनीका जुत्ताभित्र स-साना प्लास्टिकका पोका बनाएर माकुरा राखिएको थियो ।

जफत गरिएका माकुराहरु वातावरण तथा वन्यजन्तु विभागलाई बुझाइएको छ । फिलिपिन्समा उक्त पार्सल पठाइएका व्यक्तिको खोजी सुरु गरिएको अधिकारीहरुले जनाएका छन् ।

तारान्तुलाज ठूलो आकारको तथा लामा रौँ भएका माकुराका प्रजाति हुन् । फिलिपिन्समा उक्त माकुरा संकटापन्न मानिन्छ ।

स्मरणहोस् गत वर्ष पनि ओटमिल र कुकिजका बाकसभित्र लुकाएर पोल्याण्डबाट पठाइएका ७५७ वटा माकुरा फिलिपिनो अधिकारीहरुले फेला पारेका थिए ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment