Comments Add Comment

खुल्लामञ्चमा गरिबले खाँदा सरकारलाई लाज !

अभियन्ता भन्छन्– सरकारले नदिए पनि खुवाउन्न छाडिन्न

फाइल तस्वीर

२० कात्तिक, काठमाडौं । ‘मागीखाने र अल्छीहरुको शहर बनाएर बेइज्जत गर्न खोजेको’ भन्दै  काठमाडौं महानगरपालिकाले शनिबारदेखि खुल्लामञ्चमा खाना खुवाउने काम बन्द गर्ने निर्देशन दियो । खाना खुवाउनेस्थलमा सुरक्षाकर्मी खटाइयो ।

सरकारको निर्देशनपछि पनि ठूलो संख्यामा खाना खुवाउने अभियान टुँडिखेलमा जारी छ । अहिले पनि यहाँ दैनिक खानका लागि पाँच सयभन्दा बढी उपस्थित हुन्छन् । उनीहरुलाई रोगकोभन्दा ठूलो चिन्ता भोकको छ ।

टुँडिखेलमा बिहान नौ बजे ‘हाम्रो टिम नेपाल’ ले खाना खुवाउँछ । दिउँसो दुई बजे ‘मानवी क्रियटिभ एसोसियसन’, ‘लायन्स क्लब’ र ‘सेफ एसोसियसन’ले खाना खुवाउँछन् । बेलुका चार बजेपछि ‘हर्डेड ग्रुप’ले विपन्न र असहायहरुलाई सामुहिक खाना खुवाउने गरेको छ ।

यो पनि पढ्नुहोस अझै नि मानवता ढल्या छैन है…

टुँडिखेलमा खाना खुवाउन रोक्ने महानगरको निर्देशनपछि पनि उनीहरुको कर्ममा अहिलेसम्म ब्रेक लागेको छैन । मानवी क्रियटिभ एसोसियसनका अध्यक्ष बद्रिप्रसाद ढुंगानाले अनलाइनखबरसँग भने, ‘हाम्रो काम रोकिएको छैन । बुधवार काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले बोलाएर खुल्लामञ्चमा हाइजेनिक भएन, पार्टी प्यालेसमा खुवाउनु भन्नुभएको छ ।’

वार्तामा मेयर शाक्यले बरु पार्टी प्यालेसको भाडा आफूहरुले व्यवस्थापन गर्ने बताएका थिए । तर, अभियन्ताहरुले काठमाडौं महानगरका मेयरसमक्ष तत्काल पार्टी प्यालेसको व्यवस्था गर्न पनि गाह्रो हुने भएकाले दुई÷चार दिन यसरी नै खुवाउनुको विकल्प नरहेको बताएका छन् ।

त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भाषणहरुमा कोही पनि भोकै नपर्ने र भोकै नमर्ने सरकारले प्रवन्ध गरेको बताउँदै आएका थिए । सडकलाई माग्नेहरुबाट मुक्त पारिएको प्रधानमन्त्रीले बारम्बार बताउँदै आएका थिए ।

तर, अहिले खुल्लामञ्चमा दिनहुँ खाना मागेर खाने मानिसहरुको लाइन देखेपछि पक्कै पनि यसले आफूलाई गिज्याएको सरकारले महसुस गरेको हुनुपर्छ । र, यही कारणले महानगरले बेइज्यती भएको भन्दै खुल्ला ठाउँमा खाना नखुवाउने आदेश गरेको हो ।

सरकारले कोही भोकै पर्दैन भनिरहेकै बेला राष्ट्रिय योजना आयोगले बनाएको कार्यदलले सार्वजनिक गरेको प्रतिवेदनमा कोभिड महामारीले १५ लाख ६७ हजारले रोजगारी गुमाएको र १२ लाख गरिव थपिएको उल्लेख छ ।

महामारीले जनता चरम गरिबीमा पिल्सिएका बेला सरकारले उद्धारको कार्यक्रम ल्याउनुको सट्टा निजी प्रयासमा भइरहेको खाना खुवाउने कामलाई समेत रोक लयाउँदा सरकारप्रति आलोचना बढेको छ ।

भोकभोकै बस्न बाध्य नागरिकका लागि सरकार र काठमाडौं महानगरले अहिलेसम्म कुनै विकल्प नल्याएको अभियन्ताहरु बताउँछन् ।

पहिलो चरणको लकडाउनको क्रममा शहरदेखि, सडक र गाउँसम्म सयौं मानिसहरुले खाना खुवाउने अभियान चलाए । तर, लकडाउन सकिएसँगै सीमित मानिसहरुले मात्र यसलाई निरन्तरता दिए । कतिपय फुड बैंकको अवधारणा लिएर निमुखा र विपन्नलाई खाना खुवाउने अभियान सञ्चालन गरे । तर, सरकारले भने राहतको कार्यक्रममा स्वास्थ्योपचारमा जस्तै हात उठाउँदै आइरहेको छ ।

अभियन्ता भन्छन्– खुवाउन्न छाडिन्न

पहिलो लकडाउन ०७६ चैतदेखि नै ठमेलमा निरन्तर विदेशी तथा स्वदेशीलाई भेज बिर्यानी खुवाइरहेका मिन्हाज खानले जस्तोसुकै निर्णय आए पनि आफूले भोकाहरुलाई खुवाउन नछाड्ने बताए ।

पहिले दैनिक २५० जनालाई खुवाउने मिन्हाजले अहिले सयभन्दा बढी भोकाहरुलाई खुवाउँदै आएका छन् । कहिलेकाँही खाना पु¥याउन अलिकति ढिलो हुँदासमेत आफूहरुले निकै दुःख पाएको उनी सुनाउँछन् ।

मिन्हाजले दशैँको दिनमा पनि गरिवको मुख बन्द गरेनन् । ‘खाना नखाउनु भन्नु महानगरको गलत निर्णय हो’, मिन्हाज भन्छन्, ‘मैले कुनै भीडभाड गरेको छैन । जसले जेसुकै निर्णय गरे पनि खुवाउन छोड्दिनँ ।’

यो पनि पढ्नुहोस भेज बिर्यानी र पीपीईको शक्ति

मिन्हाजसँग खाना खान आउने अधिकांश रिक्साचालक र रोजगार गुमाएका श्रमिक एवं सडक बालबालिकाहरु छन् । उनी भन्छन्, ‘महानगरले उनीहरुलाई कि काम दिनुप¥यो, कि खाना दिनुप¥यो ।’

सरकारले गर्ने काम नागरिकले गर्दा पनि त्यसलाई रोक्ने महानगरको निर्णयलाई जनताले आश्चर्य र गैरजिम्मेवारीपूर्ण कदमका रुपमा लिएको उनी बताउँछन् ।

उता, ललितपुरको महालक्ष्मीस्थानमा दैनिक ६० देखि १०० जनासम्म असहायलाई गीता श्रेष्ठले आफ्नै पहलमा खाना खुवाउँदै आएकी थिइन् । दसैँको दिनदेखि पूर्णिमाको अघिल्लो दिनसम्म उनी खानाको पोको बोकेर जान सकिनन् । पूर्णिमाको दिन सडकमा पुग्दा पर्खिएर बसिरहेकाहरुले भने, ‘दसैँमा त हजुर पनि आउनुभएन, हामी भोकै बस्नुप¥यो ।’

सरकारले सडकमा खाना नखुवाउने निर्देशन जारी गरेपछि गीता बुधबारदेखि खाना बोकेर जान छोडेकी छिन् । बरु खाना कुरेर बसिरहेकाहरुसँग पुगेर आफू नआउने सूचनासँगै एक÷एक सय रुपैयाँ हातमा राखेर उनी फर्किइन् ।

ललितपुर १४ की गीता मंगलबार थैवको एक पीडितको घरमा पुग्दा उनीसँग खाने मात्र होइन, राम्रोसँग ओड्ने ओछ्याउने कपडासमेत थिएन । गीताले १५ किलो चामल, दाल र तेल उपलबध गराएर फर्किइन् । कतिपयलाई काम पनि खोजेदिएकी छिन् । उनले महानगरको आदेशपछि पनि चुलो निभेकाको घरमा पुगेर चामल, दाल र तेल पु¥याइदिने काम भने छाडेकी छ्रैनन् ।

‘यो अवधिमा १५ सुत्केरी र अपांग तथा विपन्न गरी ४० परिवारलाई राहत उपलब्ध गराएँ । महानगरको सडकमा खानन खुवाउन नपाइने निर्णयले एकदमै नराम्रो लागेको छ’ गीता भन्छिन्, ‘कि उनीहरुलाई खान दिनुप¥यो, कि रोजगारी दिनुप¥यो । नत्र उनीहरु कसरी बाँच्छन् ? त्यस्तो अवस्था हेरेर कसरी बस्न सक्छ हाम्रो सरकार ?’

यो पनि पढ्नुहोस ‘सहरमा मान्छे यसरी पनि बाँच्दारहेछन्’

सामाजिक अभियन्ता गीता भन्छिन्, ‘महामारीबाट रोजगार गुमेका र सडकमा बस्न बाध्यहरु खाना खान आउनुहुन्छ, कतिले जागिर खोजिदिनसमेत आग्रह गर्नुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment