
२० कात्तिक, सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सिटी स्क्यान मेसिन जडान गरिएको छ । बिहीबार यो मेसिन जडान गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिए ।
संघीय सरकारको सहयोगमा अस्पतालमा अत्याधुनिक सिटी स्क्यान मेसिन जडान गरिएको झाले बताए । ‘यो सिटी स्क्यान मेसिन काठमाडौंको वीर, टिचिङ्ग र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै छ,’ उनले भने, ‘१ सय २८ स्लाइसको एन्जिओग्राफिक यो मेसिनले मुटुको समेत परीक्षण गर्न सकिनेछ ।’
अस्पतालमा सिटी स्क्यानको मेसिन नहुँदा बिरामीलाई बाहिर सिटी स्क्यान गराउनुपर्ने बाध्यता रही आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4