Comments Add Comment

त्रिविको दीक्षान्त समारोहमा भाग लिन अनलाइन आवेदन

२० कात्तिक, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ४६ औँ दीक्षान्त समारोहमा भाग लिनका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ ।

त्रिविले सूचना प्रकाशित गरी समारोहमा इच्छुक विद्यार्थीसँग आवेदन माग गरेको हो । पुस महिनामा हुने समारोहमा सहभागी हुन २०७६ साल असार १ गतेदेखि २०७७ जेठ ३२ गतेसम्म सेमेष्टर र वार्षिक परीक्षा प्रणालीअनुसार स्नातक, स्नातकोत्तर तह र एमफिल तह उतीर्ण गरी ट्रान्स्क्रिप्ट लिएका र सोही अवधिभित्र विद्यावारिधि पूरा गरेका विद्यार्थीले आवेदन दिन सक्ने त्रिविले जनाएको छ । आवेदन फाराम अनलाइनबाट आउँदो मङ्सिर १ गतेभित्र भरिसक्न भनिएको छ ।

समारोहमा भाग लिनका लागि स्नातक तहका विद्यार्थीले तीन हजार ७००, स्नातकोत्तर तह र एमफिलले चार हजार २०० र विद्यावारिधिले चार हजार ७०० रुपैयाँ शुल्क बुझाउनुपर्ने छ ।

तीमध्ये एक हजार ५०० धरौटीबापतको शुल्क हो भने अन्य शुल्क दीक्षान्त शुल्क हो । समारोहमा सहभागी हुन चाहने विद्यार्थीले दुई जना अभिभावकसम्म सरिक गराउन सक्नेछन् । गत वर्ष भएको दीक्षान्त समारोहमा नौ हजार ५०४ विद्यार्थी सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment