Comments Add Comment

रोमाको फराकिलो जित, एसी मिलान पराजित

२१ कात्तिक, काठमाडौं । यस सिजन इटालियन सिरी ए मा उत्कृष्ट प्रदर्शन गरिरहेको एसी मिलान युरोपा लिगमा फ्रेन्च क्लब लिलेसंग पराजित भएको छ ।

समूह एच अन्तर्गतको खेलमा लिलेले मिलानलाई ३-० ले पराजित गरेको हो । लिलेका लागि युसुफ याजिसीले ह्याट्रिक गरे । २२औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका युसुफले ५५औं र ५८औं मिनेटमा लगातार गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

मिलानलाई पराजित गर्दै दोस्रो जित हात पारेको लिले ३ खेलबाट ७ अंक जोड्दै समूह एचको शीर्ष स्थानमा उक्लेको छ । लिले अपराजित यात्रा कायम राख्दा मिलानले भने पहिलो हार बेहोरेको हो । मिलान हारपछि ६ अंकसहित दोस्रो स्थानमा छ । यसै समूहको अर्को खेलमा सेल्टिकलाई ४-१ ले पराजित गर्दै स्पार्टा प्रागले पहिलो जित हात पारेको छ र ३ अंक जोड्दै तेस्रो स्थानमा छ ।

मिलान पराजित हुँदा अन्य दुई इटालियन लब रोमा र नापोली भने विजयी भएका छन् ।

रोमाले समूह ए अन्तर्गत खेलमा सिएफआर क्लुजलाई ५-० को फराकिलो अन्तरले हरायो । रोमाका लागि बोया मोयारलले दुई तथा हेनरिख मिख्यातरन, रोजर इबानेज र पेड्रो रोड्रिगेजले एक एक गोल गरे । जितपछि अपराजित यात्रा कायम राखेको रोमा ३ खेलबाट ७ अंकसहित शीर्ष स्थानमा छ ।

सिएफआर ४ अंकसहित तेस्रो स्थानमा छ । अर्को खेलमा पिएफसी सिएसकेए सोफियाला ३-०ले पराजित गर्दै ४ अंक नै जोडेको योङ ब्वाइज गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।

यस्तै समूह एफ अन्तर्गत खेलमा इटालियन क्लब नापोलीले रिजेकालाई पराजित गर्दै दोस्रो जित हात पारेको छ । नापोलीले एक गोलले पछि परेको स्थिती उल्टाउँदै २-१ को जित हात पारेको हो ।

जितपछि ६ अंक जोडेको नापोली गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । समान ६ अंक रहेको एएज अल्कमार र रियल सोसिडाड क्रमश: पहिलो र तेस्रो स्थानमा छन् । अर्को खेलमा सोसिडाडले अल्कमारलाई १-० ले ले पराजित गरेको हो ।

यस्तै अन्य दुई स्पानिस क्लब भियारियाल र ग्रानाडाले पनि जित हात पारेका छन् । समूह आई अन्तर्गत भियारियालले मक्काबी तेल अभिभलाई ४-० को फराकिलो अन्तरले हरायो । यस्तै ग्रानाडाले समूह इ अन्तर्गत खेलमा ओमोनिया निकोसियालाई २-० ले पराजित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment