Comments Add Comment

अमेरिकी च्यानलले ‘झुटो अभिव्यक्ति’ भन्दै बीचमै रोके ट्रम्पको कन्फ्रेन्स

२१ कात्तिक, काठमाडौं । अमेरिकाका केही टेलिभिजन च्यानलहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनको विषयमा दिइरहेको आफ्नो अभिव्यक्तिको प्रशारण बीचमै रोकेका छन् ।

अमेरिकाका एबीसी, सीबीएस र एनबीसी टेलिभिजन च्यानलले ट्रम्पको कन्फ्रेन्स बीचमै रोकेर दर्शकहरुलाई ट्रम्पले झुटो अभिव्यक्ति दिएको बताएका थिए ।

संवाददताहरुका अनुसार ट्रम्पको कुराबाट उनी ‘पोस्टल भोट’लाई धाँधलीको रुपमा लिइरहेका थिए । ट्रम्पले मतदान हुनुभन्दा अगाडि नै आफ्ना समर्थकहरुलाई पोस्टल भोट नदिई आफैं मतदान केन्द्रमा गएर भोट हाल्न आग्रह गरेका थिए । विपक्षी उम्मेदवार जो बाइडनले भने आफ्ना समर्थकहरुलाई कोरोना भाइरसको महामारी रहेको भन्दै सकेसम्म पोस्टल भोटको माध्यमबाट नै भोट गर्न आग्रह गरेका थिए ।

ट्रम्पले बिहीबार कन्फ्रेन्समा विना कुनै आधार वैध मतको आधारमा आफूले निर्वाचन जितेको दाबी गरेका थिए । मतगणनाकै क्रममा अमेरिकाका दुई महत्वपूर्ण राज्यहरु जर्जिया र पेन्सिल्भेनियामा बाइडनसँगको मतको अन्तर घट्दो क्रममा रहेको अवस्थामा ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो ।

ट्रम्पले आफूबाट अमेरिकाको निर्वाचनको नतिजा लुट्ने प्रयास भइरहेको दाबी गरेका छन् । यद्यपि विश्लेषकहरुले भने ट्रम्पको दाबी गलत भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले पनि अमेरिकाको निर्वाचन राम्रोसँग सम्पन्न भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment