Comments Add Comment

तौल नियन्त्रणका लागि सन्तुलित खानपान

काठमाडौं । मान्छे शरीरको वजन कम गर्नका अनेक बाटो अपनाउने गर्छन् । नियमितको व्यायाम, जिम जाने, समयमा खाना नखाने लगायत । तर खानामा मान्छेले सन्तुलन मिलाउनुभन्दा पनि खाँदा असन्तुलित खाना खाने तर अनेक कष्ट गरेर शरीरको वजन कम गर्ने मरिहत्ये गर्ने प्रवृत्ति हामीमा देखिन्छ ।

खानामा सामान्य मात्रै ध्यान दिने हो भने वजन कम गर्नको लागि न त भारी व्यायामको आवश्यकता पर्छ न त भोक मारेर उपवास नै बस्नुपर्ने हुन्छ । केवल सामान्य जीवनशैलीले नै हामीलाई सन्तुलित वजनदार बनाउन सहयोग गर्ने गर्छ ।

खानाको सन्तुलनलाई पनि विभिन्न कुराले प्रभावित बनाइरहेको हुन्छ । एकातिर कुन समयमा कस्तो खाना खाने भन्ने कुरा सन्तुलित खानासँग सम्बन्धित छ भने खाना खाँदा कति मात्रामा खाने भन्ने कुरा त्यसपछि महत्वपूर्ण कुरा हुन्छ । खाना खाएपछि आराम गर्ने कि परिश्रम गर्ने ? जस्ता कुरा यसमा समेटिएको हुन्छ ।

खानामा यी ५ चीजहरूलाई सन्तुलित गर्नुहोस्

१ किण्वित खाना (खमीर वस्तुहरू)

मानिसहरूको शरीरमा रहेको पाचन प्रणालीलाई सहयोग गर्ने र प्रतिरक्षा प्रणालीलाई सुदृढीकरण गर्नको लागि किण्वित खाना खानु उपयुक्त मानिन्छ । किण्वन भनेको त्यो प्रक्रिया हो जसमा कुनै पनि खाद्य वस्तु जति सक्दो टुक्राटुक्रा पार्ने गरिन्छ । फिङ्गस र ब्याक्टेरियाहरू सूक्ष्मजीवहरू हुन् जसले यस प्रक्रियामा प्रमुख भूमिका खेल्छन् ।

यी दुवै सूक्ष्म जीवहरूले मेटाबोलिज्म ठीक राख्न महत्वपूर्ण भूमिका खेल्छन् । यसले पेटको लागि प्रोबायोटिक्सको रूपमा कार्य गर्दछ र पाचन प्रणालीलाई सक्रिय राख्छ । यसले फ्याट संग्रहण गर्नबाट रोक्छ, जुन कि वजन कम गर्न स्वाभाविक रूपमा उपयोगी छ ।

२. चिल्लो पदार्थको सन्तुलन

शरीरको लागि चिल्लो पदार्थ आवश्यक छैन भन्ने सोच्नुहुन्छ भने तपाईं आफैँमा गलत हुनुहुन्छ । चिल्लो सबै मान्छेको लागि आवश्यक हुन्छ । तर मोटोपनाको लागि यसको सन्तुलन मिलाउन सकिएन भने यो हानिकारक पनि हुन्छ । शरीरमा चिल्लो पदार्थका धेरै फाइदाहरू छन् । हाम्रो छाला स्वस्थ राख्न, उमेरलाई बुढो देखिनबाट जोगाउने जस्ता विभिन्न काममा चिल्लो पदार्थ अत्यावश्यक हुन्छ । तसर्थ, आफ्नो आहारबाट तेल र घिउ जस्ता खानेकुरा हटाउने नभई यसलाई सन्तुलित गराउने एवं स्वस्थ विकल्पहरूको खोजी गर्नुपर्छ । तोरी, सूर्यमुखी तेल आदिको ठाउँमा हामी अवोकाडो, नरिवल र जैतुन आदिको तेललाई बढी प्रयोग गर्न सक्छौं ।

बदाम, ओखर आदि खानेकुरामा फाइबर, प्रोटिन, चिल्लो, भिटामिन र खनिज पदार्थ प्रशस्त मात्रामा पाइन्छ । जसले वजन घटाउन र सजिलै शरीरमा रहेको अनावश्यक चिल्लो पदार्थ घटाउन मद्धत गर्छ ।

यस्ता खानेकुराले लामो समयसम्म भोक मेटाउन मद्धत गर्छ वा यसले खाद्य तृष्णालाई कम गर्न मद्दत गर्छ । तसर्थ, आफ्नो आहारमा बदाम, काजु, पिस्ता र ओखर जस्ता चीजहरू समावेश गर्नुपर्छ ।

३. स्वास्थ्य गेडागुडी

चियाको बिउ, तिलको दाना, सूर्यमुखीको बिउहरूले पेटमा विकास भएको बोसोलाई कम गर्न मद्धत गर्छ । तपाईं आफ्नो आहारमा विभिन्न तरिकाहरू समावेश गर्न सक्नुहुन्छ । तपाईं तिनीहरूलाई भिजाएर वा खाजाको रुपमा पनि विभिन्न परिकार बनाएर खान सक्नुहुन्छ ।

४. जडीबुटी र मसलाको सन्तुलन

जडीबुटी तौल घटाउनका लागि धेरै उपयोगी हुन सक्छ । यसको लागि तपाईंले फ्याक्ससीड, तुलसी, अलैंची, दालचिनी, जिरा, मेथी, लसुन, पुदिना र रायोको प्रयोग गर्न सक्नुहुनेछ । तपाईं यी सबै तौल घटाउनका लागि विभिन्न तरिकामा प्रयोग गर्न सक्नुहुन्छ र तिनीहरूको आफ्नै विशेष लाभहरू छन् ।

यी खानेकुराले न केवल तपाईंको पाचन प्रणाली ठीक राख्छ यी त शरीरको प्रतिरक्षा प्रणालीमा सुधार गर्ने प्रमुख खानेकुरा समेत हुन् । यी चीजहरूलाई आहारमा सन्तुलित राख्नुहोस् र छिटो र भारी व्यायाम नगरी सजिलै वजन कम गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment