+
+
Shares

प्रचण्डले बोलाएको बैठकमा ५ जना सचिवालय सदस्य सहभागी

ओली, पोखरेल, बादल र पौडेल गएनन्

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २१ गते १६:०४

२१ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको अनौपचारिक सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसेको छ ।

बैठकमा प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, सचिवालय सदस्यहरु ईश्वर पोखरेल र रामबहादुर थापा बादल र महासचिव विष्णुप्रसाद पौडेल अनुपस्थित छन् ।

प्रधानमन्त्री ओलीलाई जानकारी दिएर प्रचण्डले धुम्बाराहीमा बैठक बोलाएका हुन् । प्रचण्डले बोलाएको बैठकमा बादल पनि अनुपस्थित छन् । गएको कात्तिक १६ को खुमलटार भेलामा भने बादल सहभागी भएका थिए ।

तर, कुनै पनि गुटको बैठकमा सहभागी नहुने भन्दै बादल धुम्बाराही गएनन् । हिजो प्रधानमन्त्रीसँग धुम्बाराहीमा भेला बोलाउने जानकारी प्रचण्डले दिएका थिए । यो धुम्बाराही छलफल सकेर प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न जाने तयारी रहेको बालुवाटार स्रोतले जनाएकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?