Comments Add Comment

अदालतद्वारा मतगणना रोक्ने ट्रम्पको माग खारेज

२१ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचन प्रतिनिधिहरुले निर्वाचनको फिलाडेल्फियाको मतगणना आपतकालीनरुपमा रोक्न गरेको माग अदालतले खारेज गरिदिएको छ ।

ब्लूमबर्गका अनुसार अमेरिकाको जिल्ला अदालतका न्यायधीश पाउल डायमण्डले ट्रम्पको निर्वाचन अभियानका प्रतिनिधिले अदालतमा राखेको माग खारेज गर्ने निर्णय गरेका हुन् ।

ट्रम्पको अभियानका प्रतिनिधिले बिहीबार फिलाडेल्फियाको कन्ट्री बोर्ड अफ इलेक्सनले गलत नियम राखेर ट्रम्पको अभियान र रिपब्लिकन पार्टीका प्रतिनिधिलाई बाँकी रहेको र चिठीमार्फत् खसालिएको मतगणनाको अवलोकन गर्न नदिएको भन्दै मतगणना रोक्न माग गरेका थिए ।

डायमण्डले भने मतगणना रोक्न गरिएको माग अस्वीकार गर्दै दुई पार्टीको सम्झौतामा यो विषय टुङ्ग्याउन आग्रह गरेका थिए । उनले मतगणना भइरहेको स्थानमा प्रत्येक पार्टीका ६० प्रतिनिधि जान पाउने बताएका थिए ।

अदालतको निर्णयपछि फिलाडेल्फियाका नगर कमिश्नरले मतगणनास्थलमा ट्रम्पका प्रतिनिधिलाई प्रवेश नदिइएको आरोप गलत रहेको बताए । यसअघि बिहीबार पेन्सिल्भेनियाको स्टेट कोर्टले मतगणनास्थलमा उम्मेदवारका प्रतिनिधिहरुले मतगणना गर्ने अधिकारीहरुभन्दा दुई मिटर टाढा रहेर मतगणना हेर्न पाउने बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment