Comments Add Comment

‘११.११का लागि एक वर्षदेखिको तयारी छ, ठूलो छुट ल्याउँदैछौं’

२२ कात्तिक, काठमाडौं । आउँदो नोभेम्बर ११ अर्थात् कात्तिक २६मा दराजले आफ्ना ग्राहकका लागि उत्कृष्ट छुट अफरसहितको ११.११ क्याम्पियन सञ्चालन गर्दैछ । संसारकै सबैभन्दा ठूलो अनलाइन सपिङ हुने दिन र अफरका रुपमा ख्याति कमाएको ११.११लाई दराजले दोस्रोपटक नेपालमा सञ्चालन गर्दैछ ।

ग्राहकका लागि धेरै क्याटेगोरी, उत्पादक र विकल्पहरु हुने भएकाले ११.११मा ग्राहकले ठूलो लाभ उठाउन सक्ने उनको भनाइ छ ।

१.११मा अपेक्षित रुपमा धेरै सामानहरु सस्तोमा किन्न पाइने कम्पनीको दावी छ । ११.११मा छुट अफरहरु हुने दराजले बताएको छ । यसमा दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चीरपरिचरत ब्रान्डहरु पनि सहभागी हुँदैछन् । दराजले यसैपनि नेपालमा अनलनइन सपिङ साइटमा अग्रणी भागमा बसेर सेवा दिइरहेको छ ।

कोरोना महामारीका बीचमा पनि कम्पनीले निरन्तर सेवा दिइरहेको छ । यही बीचमा ११.११को अभियानले थप रौनकता थप्ने कम्पनी बताउँछ । दराजले कसरी यो अभियान सञ्चालन गर्दैछ त ?  यसबारेमा हामीले दराज नेपालका प्रवन्ध निर्देशक लिनो अलेरिङसँग  कुराकानी गरेका छौं ।

महामारीमा लगभग सबै व्यापार व्यवसायलाई  प्रभाव परेको थियो। यसले दराजमा कस्तो प्रभाव पर्यो?

नेपालमा लकडाउन दराज सञ्चालित अन्य क्षेत्रहरु जस्तो कि पाकिस्तान, बंगलादेश वा श्रीलंकाभन्दा लामो समयसम्म चलेको थियो। नागरिकहरूको सुरक्षा सुनिश्चित गर्नु सरकारको जिम्मेवारी हो र यो पक्कै पनि त्यही उद्देश्यका साथ लागु भएको थियो।

यद्यपि, अर्थव्यवस्थामा यसको प्रभाव एकदमै ठूलो थियो। लकडाउनको क्रममा हामीले बिग मार्टका साथ  केवल किराना, मास्क, स्यानिटाइजर  र अन्य सुरक्षा र स्वच्छता उत्पादनहरू मात्र उपलब्ध गरायौं।

विस्तारै धेरै ग्राहकहरुले आफ्नो आवश्यकताका सामग्री को लागि दराजलाई अपनाए र लकडाउनपछि इलेक्ट्रोनिक्स, फेसन वा अन्य जीवनशैली उत्पादनहरुको बिक्रीमा एकदम ठुलो वृद्धि देखियो। तसर्थ कोभिडले विश्वव्यापी रूपमा ई-कमर्सको बृद्धिलाई गति प्रदान गरेको छ र यो नेपालमा पनि फस्टाउँदैछ।

 सरकारले कमर्स उद्योगको विकासमा  कसरी सहयोग गर्दै ?

गत महिनाबाट सरकार ई-कमर्समा बढी केन्द्रित भएको छ र यस उद्योगलाई चलाउने ठोस नीति तथा फ्रेमवर्क सुनिश्चित गर्न राष्ट्रिय ई-वाणिज्य रणनीतिको कार्यान्वयन सुरु गरेको छ।

उपभोक्ता र विक्रेता सुरक्षा सुनिश्चित गर्न यो धेरै आवश्यक छ र हामी अन्य अलीबाबा बजारबाट हाम्रो अनुभव शेयर गर्न सम्बन्धित नीति निर्माताहरूसँग साझेदारी गरिरहेका छौं।

एउटा उदाहरण भनेको हाम्रो बलियो रिटर्न नीति हो, जहाँ ग्राहकहरूले  समान ७ दिनभित्र फिर्ता गर्न सक्दछन् र उनीहरूको पैसा फिर्ता पाउन सक्छन्। तर धेरै कम्पनीहरूले यस्तो सुविधा दिने गर्दैनन्, जसले निश्चित रूपमा विश्वास निर्माण गर्न सहयोग गर्दैन।

महामारीको बखत सरकारले अत्यावश्यक सामाग्रीको डेलिभरी भन्दा पनि समग्र रुपमा होम डेलिभरीका फाइदाहरू देख्नुपर्छ। हामी एक बजार भएकाले  हामी आफैंले कुनै उत्पादनहरू बेच्दैनौं तर हामी हजारौं स्थानीय विक्रेताहरूलाई उनीहरूको उत्पादनहरू बेच्न प्लेटफर्म दिन्छौं र महामारीको बीचमा उनीहरूलाई व्यवसाय निरन्तर राख्ने मौका दिन्छौं।

चीन वा सिंगापुर जस्ता अन्य बजारहरुलाई उदहारण लिए महामारीको बेला होम डेलिभरी को महत्व बुझ्न सकिन्छ। केवल अत्यावश्यक सामग्रीहरु वितरण गर्दा अन्य विक्रेताहरुको व्यवसाय गर्ने अवसर घट्छ र  अर्कोतर्फ उपभोक्ताहरू पारम्परिक किनमेल बजारमा जानु पर्ने हुनाले जोखिम बढ्छ।

तर, म विश्वस्त छु कि सम्बन्धित अधिकारीहरूले लकडाउनपछि स्थितिको मूल्यांकन गरेका छन् र  अर्को सम्भावित लकडाउनको क्रममा उपभोक्ताहरू तथा विक्रेताको उत्तम हितको लागि विश्वव्यापी अभ्यासहरू अनुसरण गर्नेछन् र कुनै पनि प्रकारको अवरोध बिना इकमर्सलाई समान वितरण गर्न दिनेछन्।

अहिले बजार भ्रमण गर्न धेरै हिचकिचाउँछन्, चाडपर्वको समयमा पनि मानिसहरु बजार जाने क्रम कम थियो, यस अवस्थामा दराजको दशैँ धमाका कस्तो रह्यो ?

दशैं धमाका हाम्रा सबै विक्रेताहरुको लागि सफल रह्यो। उक्त अभियानमा ३ लाख उत्पादनहरू किनमेल भएको थियो ।  यसले दशैँ धमाकालाई नेपालमा सबभन्दा ठूलो अनलाइन दशैं सेल बनाएको छ र गत बर्ष ११.११ पछि हाम्रो सबैभन्दा ठूलो अभियान बनेको छ र गत वर्षको दशैं अभियानभन्दा पनि दोब्बर व्यापार भएको छ ।

साथै काठमाडौं उपत्यका बाहिरका शहरहरूबाट बढ्दो माग देखेका छौँ र कार्ड तथा इसेवामार्फत भुक्तानीमा पनि वृद्धि भएको छ ।

उपभोक्ताबाट माग बढ्ने क्रम जारी नै छ र त्यसैले यसवर्षको अर्को सबैभन्दा ठूलो अनलाइन सपिङ अभियान,  ११.११को लागि  उत्साहित छौं।

भर्खरै तपाइले ११.११ बारे उल्लेख गर्नुभयो, यस वर्षको ११.११ को लागि नेपाली  ग्राहकहरूले के आशा गर्न सक्छन् ?

हाम्रा ६००० भन्दा बढी विक्रेताहरूसँग मिलि  ११.११ को सफलताको लागि आशावादी छौं। ११.११ जुन अलिबाबाको ग्लोबल सपिङ फेस्टिवल हो, नेपालमा मात्र नभएर संसारमै सबैभन्दा ठूलो अनलाइन बिक्री हुने गर्छ र हरेक वर्ष नयाँ रेकर्ड कायम गर्छ।

११.११ को दिनमा दराज एप तथा वेबसाइट गरी ५  लाख भन्दा बढी प्रयोगकर्ताहरू हुने अनुमान छ । हामीले यसपाली ११ बैंकहरूसँग मिलेर बैंक कार्डमार्फत अनलाइन भुक्तानमा ३००० सम्मका साथ ठूलो छुट ल्याइरहेका छौं।

ग्राहकहरूले बस आफ्नो कार्ड अनलाइन भुक्तानीको लागि सक्रिय गरिएको छ कि छैन भन्ने सुनिश्चित गर्न आवश्यक छ। साथै नयाँ स्मार्टफोनहरू पनि लन्च गर्दैछौं।

हामी यस एकदिनको सेलको लागि १ वर्षदेखि तयारी गर्दैछौं र साथमा उत्तम ग्राहक सेवा सुनिश्चित गर्न ९०० भन्दा बढी स्टाफ पनि थपेका छौँ।

दराज कसरी आफ्नो कर्मचारी तथा ग्राहकहरुको सुरक्षा सुनिश्चित गर्दै ?

हामीले महामारीको चपेटामा परेका अन्य एसियाली देशहरूमा भएका गतिविधिहरु स्टडी गरी फेब्रुअरीदेखि नै हाम्रो कर्मचारीहरूको सुरक्षा कायम गर्न ठोस कदमहरु लिएका थियौं। हामी अहिले पनि सिफ्ट प्रणालीको अनुसरण गर्दैछौँ, जसमा आदि स्टाफ एकहप्ता अफिसमा हुन्छन् र अन्य घरबाट काम गर्छन्।

दैनिक तापक्रम जाँच, विस्तृत स्वच्छता शिक्षा र हाम्रा सबै सुविधाहरूमा नियमित सफाई हाम्रो लागि आवश्यक छ। यदि तपाइँको कर्मचारी सुरक्षित महसुस गर्न सक्दैन भने तपाइँको ग्राहकहरुलाई सुरक्षित महसुस गराउन सकिन्न।

साथै ग्राहकहरुको सुरक्षा सुनिश्चित गर्न सेनिटाइजेसन र सामाजिक दुरी कायम गर्दै डेलिभरी गर्दैछौं। यसैले महामारीको बेला दराजमार्फत किनमेल गर्न धेरै सुरक्षित छ भन्ने सुनिश्चित गर्दछ।

कमर्स उद्योगमा भएको ठूलो वृद्धिले नेपालमा यसको भविष्यबारे के संकेत गर्दछ ?

यो देशको अग्रणी इकमर्स कम्पनीको रूपमा, हामी इकमर्स इकोसिस्टमको विकास गर्न चाहन्छौं। हामी एक बजार भएकोले हामीसँग धेरै सहभागीहरू छन्, जस्तै हाम्रो विक्रेताहरू, बैंकहरू र अन्य भुक्तानी साझेदारहरू र साथ साथै २७ शहरहरूमा देशव्यापी वितरण सुनिश्चित गर्ने विभिन्न लजिस्टिक कम्पनीहरू।

हाम्रो उद्देश्य भनेको नीति, संरचना र प्रविधिको विकास को साथ् यस इकोसिस्टममा सहभागी सबैको विकास हो। गत वर्ष हामीले २०२२ सम्ममा नेपाललाई डिजिटल युगमा लिएर जाने महत्वाकांक्षी लक्ष्य पेस गरेका थियौं । त्यस उदेश्य पुरा गर्न हामीले केही ठोस कार्यहरु गर्ने भनेका थियौं। हरेक बर्ष १०० प्रतिशतले व्यापारमा वृद्धि, २०,००० विक्रेताहरूसँग काम गर्ने, लजिस्टिक प्रणालीलाई सुधार तथा डिजिटलाइज गर्ने जसको लागि हामी ठूलो लगानी गर्ने, दराजमार्फत नेपाली विक्रेतालाई मासिक ५०  लाख प्रयोगकर्ताहरुसम्म पहुँच प्रदान गर्ने कार्ड र डिजिटल भुक्तानीमा वृद्धि गर्नेसहित २०२२ सम्म १ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य थियो ।

डिजिटल भुक्तानीमा वृद्धि गर्नेसहित २०२२ सम्म १ लाख रोजगारी सिर्जना गर्ने लक्ष्यले हाम्रो मिसनलाई चित्रण गर्दछ। यो केवल दराजमा रोजगारी सिर्जनाबारे होइन, तर, यस इकमर्स इकोसिस्टममा सबको विकास गर्दै रोजगार सिर्जना गर्ने हो।

उदाहरणको लागि अहिले आएर हामीसँग काम गर्ने धेरै विक्रेताहरु इकमर्सबारे सजग भैसके, उनीहरु यसमार्फत निकै सफलता हासिल गर्दैछन् भने केहि विक्रेताहरुलाई अझै धेरै तालिमको आवश्यकता रहेको छ । नत्र भने दराजमा बेच्न पाउने छैनन् । हामी नेपालमा इकमर्सको भविष्यबारे विश्वस्त छौं र अर्थतन्त्रको यो नयाँ भागमाथि विश्वसनीयता निर्माण गर्न हामी सदैव परिश्रम गरिरहेका छौं। तर, हामी एक्लै गर्न सक्दैनौं, यो प्रयास सामूहिक रूपमा हुनुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment