Comments Add Comment

रहस्यमय होटल : जसको पाँचौँ तलमा जान प्रतिबन्ध छ !

कम्युनिस्ट मुलुक उत्तर कोरिया बाहिरी दुनियाँबाट एक प्रकारले अलग छ र यसका बारेमा धेरै कुराहरु संसारलाई थाहा छैन ।

सोही कारण उत्तर कोरियालाई रहस्यको देश पनि भन्ने गर्दछन् कतिपयले । रहस्यमय मुलुक उत्तर कोरियामा एउटा होटल यस्तै रहस्यले भरिएको छ । उक्त होटलको पाँचौँ तलामा कसैलाई पनि जान दिइँदैन । यसभित्र एउटा गहिरो मान्यता लुकेको छ ।

उक्त होटलको नाम यंगाकडो होटल हो । राजधानी प्योङ्गयाङ्गमा रहेको छ । यो उत्तर कोरियाको सबैभन्दा ठूलो होटल मात्र होइन उत्तर कोरियाको सातौँ अग्लो भवनसमेत हो ।

ताएडंग नदीको बीचमा रहेको यांगाक टापुमा यो होटल रहेको छ ।

४७ तला अग्लो भवमा रहेको यो होटलमा कुल १ हजारवटा कोठा रहेका छन् । यसमा चारवटा रेष्टुरेन्ट, एक अत्याधुनिक बाउलिङ एल्ले तथा एक मसाज पार्लर रहेको छ ।

यो होटल उत्तर कोरियाको पहिलो लग्जरी होटल हो ।

६ वर्ष लगाएर यो होटलको निर्माण सम्पन्न भएको थियो । सन् १९८६ मा यसको निर्माण सुरु भएको थियो ।

फ्रान्सको निर्माण कम्पनी क्याम्पेनन बर्नार्डले यो होटल निर्माणको ठेक्का पाएको थियो । सन् १९९६ देखि उक्त होटल सञ्चालनमा आएको हो ।

रोचक त के भने ४७ तले यो होटलमा रहेको लिफ्टमा पाँचौँ तलको बटन नै छैन । अर्थात् होटलका पाहुनाहरु पाँचौँ तलामा जान सक्दैनन् । मानिसहरुलाई पाँचौँ तलमा जानबाट रोक्नका लागि उत्तर कोरिया सरकारले निके कडा नियम बनाएको छ । जस अनुसार यदि कोही विदेशी नागरिक उक्त होटलको पाँचौँ तलमा जबरजस्ती गएको पाइएमा उसलाई आजिवन जेलमा राखिनेछ ।

सन् २०१६ मा ओट्टो वार्मबियर नामका एक अमेरिकी विद्यार्थी यंगाकडो होटलको पाँचौँ लमा गएका थिए । उनलाई तत्कालै पुलिसले पक्राउ गरेको थियो । उनले पाँचौँ तलमा राखिएको एक पोष्टर उप्काएको पनि आरोप लगाइएको थियो । उनीमाथि सरकारले मुद्दा चलायो र उनलाई १६ वर्षको जेल सजायँ भयो । अनुसन्धानका क्रममा उनीमाथि प्रहरीले निकै यातना दिएको थियो ।

उनलाई जेल अवधि भुक्तान हुनु अगावै उत्तर कोरियाली जेलमुक्त गरिदियो र उनी निकै कमजोर अवस्थामा अमेरिका फर्किए ।

अमेरिका फर्किएसँगै उनी कोमामा पुगे । सन् २०१७ को जून महिनामा कोमामै उनको मृत्यु भएको थियो ।

उक्त होटलमा बास बसिसकेका एक अमेरिकी नागरिक केल्भिन सनका अनुसार होटलको पाँचौँ तलमा कुनै बंकर जस्तै स साना कोठाहरु रहेका छन् र अधिकांश कोठामा ताल्चा लगाइएको छ ।

कोठाका भित्ताहरुमा अमेरिका विरोधी तथा जापान विरोधी पेन्टिङहरु बनाइएको छ । भित्तामा उत्तर कोरियाली शासक किम जोङ उन तथा उनका पिता किम जोंग इलका तस्वीरहरु समेत टाँगिएको छ । त्यहाँ रहेका हरेक पेन्टिङमा लेखिएको छ, ‘अमेरिकामा बनेको हरेक चिज हाम्रो सत्रु हो । अमेरिकासँग हामीले हजार पटक बदला लिनेछौँ ।’

तर अनौठो त के भने उत्तर कोरिया सरकारचाहिँ यंगाकडो होटलमा पाँचौँ तला नै नभएको दाबी गर्दछ ।

एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment