Comments Add Comment

कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

२३ कात्तिक, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप १७ जनाको मृत्यु भएको छ ।

मोरङ, काठमाडौं र रुपन्देहीका २/२ जना, झापा, सुनसरी, धनकुटा, ललितपुर, भक्तपुर, काभ्रे, स्याङ्जा, कास्की, तनहुँ, लमजुङ र रोल्पाका १/१ जना संक्रमितको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालहरुले जनाएका छन् ।

  • दमक नगरपालिका–६ झापाका ८३ वर्षका पुरुषको आइतबार दिउँसो साढे १ बजे विराटनगरको म्याक्स अस्पतालमा मृत्यु भएको छ । कोरोना संक्रमणपछि ज्वरो आउने र स्वासप्रश्वासमा समस्या देखिएसँगै उनलाई कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो ।
  • केराबारी गाउँपालिका–३ मोरङका ५९ वर्षका पुरुषको आइतबार विहान विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टिसँगै स्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई कात्तिक ११ गते अस्पताल भर्ना गरिएको थियो । उनी निमोनिया, मधुमेह र उच्च रक्तचापको बिरामी थिए ।
  • विराटनगर महानगरपालिका–९ मोरङका ६८ वर्षका पुरुषको आइतबार विहान ९ बजे नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि कात्तिक २० गते अस्पताल भर्ना भएका उनमा मधुमेह र उच्च रक्तचापको समस्या थियो ।
  • धरान उपमहानगरपालिका–१ सुनसरीकी ७२ वर्षकी महिलाको आइतबार विहान साढे ८ बजे विराट शिक्षण अस्पताल विराटनगरमा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई कात्तिक १४ गते अस्पताल भर्ना गरिएको थियो । उनमा निमोनिया, फोक्सो, मिर्गौला र मुटुको समस्या थियो ।
  • पाख्रीबास नगरपालिका–३ धनकुटाका ७२ वर्षका पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार दिउँसो मृत्यु भएको छ । कात्तिक २० गते संक्रमण पुष्टि भएका उनी २२ गते भर्ना भएका थिए ।
  • तारकेश्वर नगरपालिका काठमाडौंका ५१ वर्षका पुरुषको कात्तिक २२ गते मृत्यु भएको छ । स्वासप्रश्वास र मुटुको समस्या भई कात्तिक १४ गते अस्पताल भर्ना भएका उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।
  • चन्द्रागिरि नगरपालिका काठमाडौंकी ४५ वर्षकी महिलाको कात्तिक २२ गते मृत्यु भएको छ । कात्तिक १७ गते संक्रमण पुष्टि भएको र मुटुमा समस्या भएपछि उनीलाई कात्तिक १८ गते अस्पताल भर्ना गरिएको थियो ।
  • ललितपुरका ५८ वर्षका पुरुषको कात्तिक २२ गते मृत्यु भएको छ । कात्तिक १६ गते संक्रमण पुष्टि भएको उनी सोही दिन अस्पताल भर्ना भएकी थिइन् ।
  • लोकन्थली भक्तपुरका ९० वर्षका पुरुषको कात्तिक २१ गते मृत्यु भएको छ । निमोनिया भई कात्तिक ८ गते अस्पताल भर्ना भएका उनमा कात्तिक ९ गते संक्रमण पुष्टि भएको थियो । उनी दमको बिरामी थिए ।
  • काभ्रेका ५२ वर्षका पुरुषको कात्तिक २२ गते मृत्यु भएको छ । कात्तिक १७ गते अस्पताल भर्ना भएका उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो । उनी क्यान्सरका बिरामी थिए ।
  • गल्याङ नगरपालिका–७ स्याङ्जाका ५० वर्षका पुरुषको लुम्बिनी मेडिकल कलेज पाल्पामा आइतबार विहान मृत्यु भएको छ । १८ कात्तिकमा संक्रमण पुष्टि भएका उनी मधुमेहलगायतका रोगबाट पीडित थिए ।
  • पोखरा महानगरपालिका–१३ कास्कीका ९२ वर्षका पुरुषको शनिबार होम आइसोलेसनमै मृत्यु भएको छ । कात्तिक १६ गते संक्रमण पुष्टि भएका उनी हाम आइसोलेसनमै बसेका थिए ।
  • ब्यास नगरपालिका–१४ तनहुँका ९६ वर्षका पुरुषको चितवन मेडिकल कलेजमा आइतबार दिउँसो मृत्यु भएको छ । कात्तिक १२ गते संक्रमण पुष्टि भएका उनी आईसीयूमा उपचाररत थिए । उनी उच्च रक्तचापको बिरामी थिए ।
  • मध्यनेपाल नगरपालिका–२ लमजुङका ४७ वर्षका पुरुषको चितवन मेडिकल कलेजमा आइतबार विहान ४ बजे मृत्यु भएको छ । कात्तिक २१ गते संक्रमण पुष्टि भएका उनलाई २३ गते अस्पताल भर्ना गरिएको थियो ।
  • बुटवल उपमहानगरपालिका–२ रुपन्देहीकी ७० वर्षकी महिलाको बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । कात्तिक १६ गते संक्रमण पुष्टि भएपछि उनी १७ गते अस्पताल भर्ना भएकी थिइन् ।
  • सैनामैना नगरपालिका–१ रुपन्देहीका ५५ वर्षका पुरुषको बुटवलको कोरोना विशेष अस्पतालमा आइतबार विहान १ बजे मृत्यु भएको छ । आइतबार विहान १० बजे संक्रमण पुष्टि भएका उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनी उच्च रक्तचापको बिरामी थिए ।
  • लिवाङ नगरपालिका–४ रोल्पाका ५६ वर्षका पुरुषको शनिबार राति १२ः १० बजे नेपालगञ्जको भेरी अस्पतालमा मृत्यु भएको छ । सुरुमा रेउघा अस्पतालमा भर्ना भएका उनलाई समस्या बढेपछि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर ल्याइएको थियो । उनलाई कात्तिक १५ गते संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनलाई भेरी अस्पताल लगिएको थियो । उनी जन्डिसको बिरामी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment