
२४ कात्तिक, काठमाडौं । विसं २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको १०६ औं जन्मजयन्ती आज मनाइँदै छ ।
कम्युनिष्टहरुलाई पनि साथमा लिएर जनआन्दोलन सफल पारेका गणेशमानलाई सर्वमान्य र त्यागी नेताको उपमा दिने गरिएको छ ।
कांग्रेस नेता धनराज गुरुङले गणेशमानलाई पद त्यागेर पार्टी बचाउने नेताको रुपमा स्मरण गरेका छन् ।
“महाराज म प्र.म.बन्दिनँ। मेरो स्वास्थ्यले साथ दिंदैन।”- सर्बोच्च नेता गणेशमानसिंह २०४७ बैसाख ३ गते।
उही महान नेता गणेशमानजीको जन्मदिनको अवसरमा उहाँ प्रति श्रद्धा सुमन अर्पण गर्दछु। पहिले पद त्याग गरेर पार्टी बचाउने नेताहरु हुनुहुन्थ्यो। अहिले हामीले “त्याग” कै हत्या गरिदियौं कि? pic.twitter.com/hzGd5TAPEA— Dhan Raj Gurung (@dhanrgrg) November 9, 2020
गणेशमान सिंहको जन्मदिनको अवसरमा उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेता गुरुङले ट्वीटरमा लेखेका छन्, ‘पहिले पद त्याग गरेर पार्टी बचाउने नेताहरु हुनुहुन्थ्यो । अहिले हामीले ‘त्याग’ कै हत्या गरिदियौं कि ?’
तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा सो पद अस्वीकार गरेका गणेशमानले आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई अघि सारेका थिए । त्यसैले नेपाली राजनीतिमा गणेशमानलाई त्यागी र साहसी नेताको रूपमा लिने गरिन्छ ।
विसं १९७२ कात्तिक २४ गते जन्मिएका सिंहको २०५४ असोज २ गते निधन भएको थियो ।
प्रतिक्रिया 4