+
+
Shares

बुटवलमा थप एकजना कोराना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २४ गते ११:५२

२४ कात्तिक, काठमाडौं । रुपन्देहीको बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका-१७ निवासी ४५ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार बिहान ६ बजे लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि शनिबार अस्पताल भर्ना भएका उनलाई शनिबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतक कलेजो र मिर्गौला रोगबाट पीडितसमेत भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

सोमबार बिहानै रुपन्देहीको सैनामैनाकी एक ५६ वर्षीया कोरोना संक्रमित महिलाको भीम अस्पताल भैरहवामा मृत्यु भएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?