Comments Add Comment

११ हजार १७७ नमुना परीक्षण गर्दा २५७१ जनामा संक्रमण पुष्टि

२४ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा २५७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार १७७ नमुना परीक्षण गर्दा १०५१ महिला र १५२० पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । उनीहरुमध्ये ११२६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१ लाख ५९ हजार ७२४ जना संक्रमणमु क्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १७९८ जना संक्रमणमुक्त भएका हुन् ।

देशभर ३६ हजार १७४ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २९ हजार ८३६ जना होम आइसोलेसनका छन् । संस्थागत आइसोलेसनमा रहेका मध्ये ४११ जनाको आईसीयू र ८३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १४२८ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ११३६, ललितपुरका २०१ र भक्तपुरका ९१ जना छन् ।

यस्तै कास्कीका १५१ जना, मोरङका १४८, सुनसरीका ९१, रुपन्देहीका ८५, कैलालीका ६६, काभ्रेका ४७, दोलखा र मकवानपुरका ४२/४२ जना, कपिलवस्तुका २९, चितवनका २८, कञ्चनपुरका २५, पाल्पाका २४, तनहुँका १८, स्याङ्जाका १७, डडेलधुराका १५, गोरखा र दैलेखका १३/१३ जना, उदयपुर र धनुषाका १२/१२ जना, सिराहा, नवलपुर, दाङ र दार्चुलाका ११/११ जना तथा पर्सा, डोटी र बाजुराका १०/१० जनामा संक्रमण पुष्टि भएको छ ।

सप्तरी, सिन्धुपाल्चोक, नवलपरासी, अछाम र बैतडीका ९/९ जना, नुवाकोट र बाँकेका ८/८ जना, महोत्तरीका ७, सर्लाहीका ६, इलाम, पाँचथर, रौतहट, धादिङ, रामेछाप, सिन्धुली र जुम्लाका ५/५ जना, धनकुटा र गुल्मीका ४/४ जना, ओखलढुंगा, संखुवासभा, बारा, पर्वत र बर्दियाका ३/३ जना, खोटाङ, भोजपुर, लमजुङ, प्युठान र सुर्खेतका २/२ जना तथा तेह्रथुम, रसुवा, म्याग्दी र अर्घाखाँचीका १/१ जनामा पनि संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment