+
+
Shares

इन्द्रचोकको तिहार बजार (फोटो फिचर)

शंकर गिरी शंकर गिरी
२०७७ कात्तिक २४ गते १५:३५

२४ कात्तिक, काठमाडौं । दसैं सकिँदादेखि नै काठमाडौंको इन्द्रचोकले तिहारको संकेत गरिसक्छ । यमपञ्चक सुरु हुन पाँच दिन बाँकी छ । कोरोना भाइरसको महामारीका कारण मानिसहरु घरबाहिर निस्कन धेरै रुचाउँदैनन्, तर इन्द्रचोकमा तिहारको माहोल हेर्दा मानिसले कोरोना  भाइरस भुलिसकेको जस्तो लाग्छ ।

भारतबाट आएका फूलदेखि अमेरिकाबाट आएका बदाम हुँदै चीनको ओखर बेच्न बसेका व्यापारीहरू, भक्तपुरको बत्ती बाल्ने पालादेखि काठमाडौंकै सीपले बनेको मैनबत्ती हुँदै धनधान्यकी देवी लक्ष्मीसम्मको फोटो बेच्न त्यहाँका व्यापारीलाई भ्याइनभ्याइ छ ।

मूल पसलको बाहिर एउटा काठमा सप्तरंगी टीका बेच्नको लागि १० दिनको २५ हजारसम्म भाडा तिर्ने व्यापारीदेखि चटपटेसँगै ढाका टोपीको समेत व्यापार गरेर एक पन्त दुई कामको नीति लिनेसम्मको लागि इन्द्रचोकले साहारा दिएको छ । तिहारको पाँच दिनअघि नै काठमाडौंको इन्द्रचोकमा जाँदा यस्तो देखियो तिहारको बजार ।

हेर्नुहोस् तस्वीरहरु

 

लेखक
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?