Comments Add Comment

बिहार निर्वाचन : तेजस्वी यादवलाई एक्जिट पोलको साथ

Photo Credit : GETTY IMAGES

२४ कात्तिक, काठमाडौं । भारतको बिहारमा तीन चरणमा सम्पन्न भएको विधानसभा निर्वाचनको मतगणना मंगलबार हुनेछ । अहिले यो निर्वाचनको विषयमा विभिन्न संस्थाहरुले गरेको मतसर्वेक्षणको नतिजा सार्वजनिक भएका छन् । मत सर्वेक्षणमा पूर्व मुख्यमन्त्री लालु यादवका छोरा तेजस्वी यादवको महागठबन्धन अगाडि देखिएको छ । यद्यपि अधिकांश मत सर्वेक्षणले भने बिहारमा कुनै एक पार्टीको स्पष्ट बहुमत भने नआउने देखाएको छ । मत सर्वेक्षणले यो निर्वाचनमा निकै कडा प्रतिस्पर्धा हुन सक्ने देखिएको छ ।

भारतको एबीपी न्युजले गरेको मत सर्वेक्षणमा मुख्यमन्त्री नितिशकुमारको नेतृत्वमा रहेको एनडीए गठबन्धनले १०४–१२८ सिट ल्याउन सक्ने देखाएको छ भने महागठबन्धनले १०८–१३१ सिट जित्न सक्ने देखाएको छ । २४३ सिट रहेको विधानसभामा बहुमतको लागि १२२ सिट आवश्यक पर्छ ।

टाइम्स नाउले गरेको मत सर्वेक्षणमा एनडीएको ११६ सिट आउने अनुमान छ । महागठबन्धनले भने १२० सिट पाउने अनुमान छ । त्यस्तै रिपब्लिकनको मत सर्वेक्षणमा एनडीएले ९१–११७ सिट ल्याउन सक्ने देखिएको छ भने महागठबन्धनको भागमा ११८–१३८ सिट परेको छ ।

टीभी–९ भारतवर्षले गरेको मतसर्वेक्षणमा एनडीएले ११०–१२० सिट पाउनेछ भने महागठबन्धनले ११५–१२५ सिट पाउन सक्ने देखाएको छ । यद्यपि आजतकले भने महागठबन्धनले १३९–१६१ सिट जित्ने अनुमान गरेको छ । एनडीएले भने ६९–९१ सिट मात्र पाउने अनुमान छ ।

टुडेज चाणक्यका अनुसार भने महागठबन्धनले १८० सिट जित्नेछ भने जेडीयूले केवल ५५ सिट जित्नेछ । यो नतिजामा ११ सिटको अन्तर हुन सक्ने उल्लेख छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment