+
+
Shares

नेपाल–डेनमार्क संयुक्त परामर्श संयन्त्रको वैठक सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २४ गते १८:४०

२४ कार्तिक, काठमाडौं । नेपाल–डेनमार्क संयुक्त परामर्श संयन्त्रको दोस्रो वैठक सम्पन्न भएको छ ।

सो वैठकमा दुईपक्षीय सम्बन्ध र अन्य क्षेत्रीय र वहुपक्षीय तहमा सहकार्य गर्ने सम्बन्धमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो वैठकले दुवै पक्षले आ–आफ्नो देशमा भएका पछिल्ला घट्नाक्रमहरुको बारेमा जानकारी गराएका थिए ।

दुवै पक्षले उच्च तहको भ्रमण आदान प्रदानमा समेत जोड दिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी दुईपक्षीय व्यापार, लगानी, प्रविधी हस्तान्तरण, नविकरणीय उर्जा र पर्यटन क्षेत्रमा सहकार्य गर्न विषयमा समेत विस्तृतमा कुराकानी भएको थियो ।

त्यसैगरी जलवायु परिवर्तनको विषयमा मिलेर काम गर्ने सम्वन्धमा समेत छलफल भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?