Comments Add Comment

शिवम् सिमेन्ट्सको साधारणसभा, २४.२१ प्रतिशतको लाभांस पारित

शिवम् सिमिन्ट्स लिमिटेडले आव २०७६/०७७ को पाँचौं बाषिर्क साधारण सभा सम्पन्न गरेको छ । यस शिवम् सिमेन्ट्स लिमिटेडको आ.व. २०७६/०७७ को वाषिर्क साधारण सभा कार्तिक २४ गते सोमबारका दिन कम्पनीको कर्पाेरेट कार्यालय, अनामनगर, काठमाडौंको सभाहल तथा वेबिनार अनलाइन मिटिङ मार्फत समेत सहभागिता जनाई सम्पन्न गरेको हो ।

कम्पनीे सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत आव २०७६/०७७ को वाषिर्क प्रतिवेदन उपर छलफल गर्दै कम्पनी सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी रु. ४ अर्ब ४० करोड को २४.२१ प्रतिशतका दरले शेयरधनीहरुलाई नगद लाभांस वितरण गर्ने, आ.व. २०७७/०७८ का लागि लेखापरीक्षक नियुक्ती लगायतका सबै प्रस्तावहरु सर्वसम्मतिले पारित गर्ने निर्णय गर्दै ५औं वाषिर्क साधारण सभा सम्पन्न गरेको जनाएको छ ।

कम्पनी सञ्चालक समितिका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा सम्पन्न उक्त सभामा शेयरधनीहरुको सक्रियता पूर्वक सहभागिता रहेको थियो । उक्त सभामा शेयरधनीहरुले व्यक्त गरेका राय, सुझाव, टिप्पणी, जिज्ञासाहरुलाई सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले जवाफ प्रस्तुत गरेका थिए ।

सहभागि शेयर धनीहरुको सल्लाह, सुझाव तथा सुभेक्षाले गर्दानै कम्पनीको प्रगति र लक्ष्य हासिल गर्न कम्पनी सञ्चालक समिति र व्यवस्थापन तहलाई थप हौसला मिलेको कम्पनीका कार्यकारी अध्यक्षले बताए ।
कम्पनीका कार्यकारी सञ्चालक रघुनन्दन मारुले कम्पनीको पाँचौं बाषिर्क साधारण सभा सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सहयोग पुर्‍याउने सबै शेयरधनीहरु लगायतका सबैलाई धन्यवाद ज्ञापन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment