Comments Add Comment

तोलामै ३ हजार ४ सयले घट्यो सुनको मूल्य

२५ कात्तिक, काठमाडौं । मंगलबार सुनको भाउमा उच्च गिरावट आएको छ । नेपाली बजारमा सुनको प्रतितोला मूल्य एकैदिन तीन हजार चार सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार ९८ हजार दुई सयमा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार ९४ हजार ८ सय रुपैयाँ आईपुगेको छ । यस्तै महासंघले तेजाबी सुनको मूल्य मंगलबारका लागि ९४ हजार तीन सय रुपैयाँ तोकेको छ ।

यस्तै चाँदीको प्रतितोला मूल्यमा पनि ७० रुपैयाँको गिरावट आएर १२ सय १५ रुपैयाँ भाउ पुगेको महासंघले जनाएको छ ।

कोरोना बिरुद्धको खोप ९० प्रतिशतसम्म प्रभावकारी रहेको भन्ने सोमबारको अन्तर्राष्ट्रिय समाचारको प्रभाव सुन बजारमा परेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

कोरोनाका कारण लगानीका अन्य बजार प्रभावित हुँदा लगानीकर्ताहरु सुन बजार आएको र अब खोपको सुनिश्चिततासँगै सुनको लगानी प्रभावित बन्ने अवस्था देखिएको बज्राचार्यले बताए ।

‘भ्याक्सिनको प्रभावकारिता थप बलियो देखियो भने सुन बजारबाट लगानीकर्ता बाहिरिने र मूल्य प्रतितोला ८० हजारसम्ममा आइपुग्ने सम्भावना छ,’ महासचिव बज्राचार्यले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment