Comments Add Comment

ब्राजिलमा रोकियो चिनियाँ खोपको परीक्षण

Photo Credit : GETTY IMAGES

२५ कात्तिक, काठमाडौं । ब्राजिलमा चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरिरहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको परीक्षण रोकिएको छ । तेस्रो चरणको क्लिनिकल परीक्षणको क्रममा यो खोपको नकारात्मक असर देखिएसँगै ब्राजिलका स्वास्थ्य अधिकारीहरुले यो खोपको परीक्षण रोक्ने निर्णय गरेका हुन् । ब्राजिलको स्वास्थ्य नियामक अन्भिसाले गत अक्टोबर २९ मा यो खोपको परीक्षण रोकिएको बताएको छ । तर, यस विषयमा थप जानकारी भने दिइएको छैन । सिनोभ्याकको खोप तेस्रो चरणको क्लिनिकल परीक्षणको क्रममा रहेको केही खोपमध्येको एक हो ।

यद्यपि चीनले भने यो खोप आपतकालीन प्रयोगको रुपमा हजारौं मानिसहरुलाई दिइसकेको छ । यस विषयमा सिनोभ्याक कम्पनीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । सोमबार अन्भिसाले परीक्षणको क्रममा यसको गम्भीर नकारात्मक असर देखिएको बताएको थियो । यद्यपि के खोप लगाएका मानिसलाई के भएको हो र कहिले भएको घटना हो भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन ।

सिनोभ्याक कम्पनीको अन्तिम चरणको क्लिनिकल परीक्षण टर्की र इन्डोनेसियामा पनि चलिरहेको छ । तर, यी दुवै मुलुकले भने यो खोपको परीक्षण अहिलेसम्म रोकेका छैनन् । ब्राजिलमा यो खोपको परीक्षण गराइरहेको मेडिकल अनुसन्धान संस्था बुटानटानका प्रमुख दिमास कोभासले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै यो खोप रोकिनुको कारण एक व्यक्तिको मृत्युसँग सम्बन्धित रहेको बताएका छन् । यद्यपि उनले मृत्युको कारण यो खोप भने नरहेको दाबी गरेका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment