+
+
Shares

ड्रग्स लुकाएको आशंकमा अर्जुन रामपालको घरमा एनसीबीको छापा

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २५ गते १३:००

नायक सुशान्त सिंह राजपुतको निधनपश्चात बलिउडका केही नायिकासँग भारतको एनसीबीले ड्रग्सको मुद्दामा सोधपुछ गरिसकेको छ । सुशान्तको निधनको एउटा कारण ड्रग्स पनि रहेको प्रष्ट भएपछि एनसीबीले बलिउडका केही कलाकारमाथि निगरानी राखेको छ ।

सोमबार मात्रै निर्माता फिरोज नाडियाडवालाको घरमा ड्रग्स भेटिएपछि उनलाई हिरासतमा राखिएको छ । एनसीबीले नायक अर्जुन रामपालको घरमा पनि छापा मारेको छ । अर्जुनकी प्रेमिकाका भाई ड्रग्सको मुद्दामा जोडिएपछि रामपालको घरमा छापा मारिएको हो ।

अर्जुनको घरबाट केही सुराक भेटिने आशंकामा एनसीबीले छापा मारेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यसैविच, एनसीबीले अर्जुन रामपालको मोबाइल पनि बरामद गरेको छ । अर्जुनलाई बुधबार सोधपुछका लागि बोलाइएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?