Comments Add Comment

लागूऔषधसहित दुई जना पक्राउ

२५ कात्तिक, वीरगञ्ज । पर्सा प्रहरीले लागूऔषध इन्जेक्सन १८ सय एम्पुलसहित दुई जनालाई पक्राउ गरेको छ । बारा कलैया उपमहानगरपालिका–९ रामपुर बस्ने २० वर्षीय रोशन साह कलवार र २९ वर्षीय चन्दनप्रसाद कुशवाहा पक्राउ परेका हुन् । उनीहरुको साथबाट लागूऔषध इन्जेक्सन फेनारगन, डाइजेपाम र नुर्फिन १८ सय एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरका अनुसार सोमबार दिउँसो २ बजे वीरगञ्ज– २५ सिर्सियामा रोशन साथीलाई कुरेर बसिरहेका थिए । बिशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय कार्यालय पर्साबाट प्रहरी टोली पुगेको थियो । चेकजाँच गर्ने क्रममा रोशनको हातमा रहेको व्याग खानतलासी गर्दा उक्त परिमाणको अवैध लागूऔषध फेला परेको थियो ।

रोशनले नै दिएके सूचनाको आधारमा साँझ ७ बजे कलैयास्थित बालमन्दिर अगाडिको सडक खण्डबाट ना.२० प ६४२८ नम्बरको मोटरसाइकलमा सवार चन्दन पक्राउ परेका थिए ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम लागूऔषध सम्बन्धी कसुर मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment