
२६ कात्तिक, काठमाडौं । अमेरिकामा लगातार सातौं दिन एक लाखभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार मंगलबार पनि अमेरिकामा एक लाखभन्दा धेरै कोरोनाका नयाँ संक्रमित थपिएका हुन् ।
समाचारमा उल्लेख गरिएअनुसार मंगलबार मात्र अमेरिकामा एक लाख ३४ हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका हुन् । पछिल्लो एक सातामा अमेरिकामा औसतमा एक लाख २० हजार नयाँ संक्रमित थपिँदै आएका छन् ।
रोयटर्सका अनुसार अमेरिकामा एकैदिन कोरोनाबाट मृत्यु हुनेको संख्या पनि मध्य अगष्टयताकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ । मंगलबार अमेरिकामा एक हजार ४५० जनाको मृत्यु भएको हो ।
अमेरिकामा अस्पतालमा भर्ना हुने संख्या पनि निरन्तर बढ्दो क्रममा छ । अमेरिकामा अस्पतालमा भर्ना हुनेको संख्या पनि ६१ हजार ४७१ नाघेको छ ।
अमेरिकामा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढेसँगै क्यालिफोर्निया, मिनेसोटा र इलिनोइस राज्यले सामाजिक गतिविधिमा थप कडाइ गर्ने घोषणा गरेका छन् ।
स्रोत : बीबीसी
प्रतिक्रिया 4