Comments Add Comment

ट्रम्पले हार स्वीकार नगर्नु ‘लज्जास्पद’ : बाइडन

२६ कात्तिक, काठमाडौं । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा जित हात पारेका डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले गत साता भएको निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो हार स्वीकार नगर्नु ‘लज्जास्पद’ भएको बताएका छन् । यद्यपि राष्ट्रपतिमा निर्वाचित भएसँगै बाइडनले विदेशी नेताहरुसँगको वार्ता बढाएका छन् । कसैले पनि अब अमेरिकामा सत्ता परिवर्तन हुनबाट रोक्न नसक्ने उनले दाबी गरेका छन् ।

अमेरिकाका प्रमुख टेलिभिजन नेटवर्कहरुले हार्ने प्रक्षेपण गरे पनि ट्रम्पले भने अन्त्यमा आफ्नो जित हुने दाबी गर्दै आएका छन् । अमेरिकामा सबै मतगणना नसकिँदै सञ्चारमाध्यमहरुले विजेता घोषणा गर्ने गर्छन् ।

मंगलबार बाइडनले सञ्चारकर्मीहरुसँगको कुराकानीमा ट्रम्पले नतिजा स्वीकार गर्न अस्वीकार गर्नु लज्जास्पद रहेको बताउँदै उनले यस किसिमको कार्यले उनलाई राष्ट्रपतिको रुपमा कायम रहन सहयोग नपुग्ने बताए । उनले आगामी जनवरी २० बाट सबै कुरा सकिने बताएका छन् ।

ट्रम्पले भने अमेरिकाको निर्वाचनमा धाँधली भएको बताउँदै आएका छन् । उनले अहिलेको निर्वाचनको नतिजालाई चुनौती दिँदै कानुनी प्रक्रिया पनि सुरु गरिसकेका छन् । यद्यपि उनले निर्वाचनमा धाँधली भएको कुनै प्रमाण भने दिन सकेका छैनन् । आगामी जनवरी १९ बाट ट्रम्पको राष्ट्रपतीय कार्यकाल सकिनेछ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment