Comments Add Comment

रूप फेर्दै मध्यपुर थिमि (फोटो फिचर)

२६ कात्तिक, भक्तपुर । कला सम्पदा र संस्कृतिको धनी सहर भक्तपुर जिल्लाका चार नगरपालिकामध्ये पुरानो नगरपालिकाको हो मध्यपुरथिमि ।

यहाँ थुप्रै ऐतिहासिक सम्पदाहरू छन् । तर ती सम्पदाहरूले खासै चर्चा पाउन सकेका छैनन् । त्यतिमात्रै होइन, पूर्खाले जोडेर गएका सम्पदाको पनि अस्तित्व धरापमा थियो । पछिल्लो समय सम्पदा संरक्षणको अभियान नै चलेपछि भने मध्यपुर थिमि नगरपालिकाको स्वरूप परिवर्तन भएको छ ।

‘जीर्ण बनेका हाम्रा सम्पदाको संरक्षण र प्रवर्द्धनको लामो पर्खाइलाई जनप्रतिनिधिको आगमनपछि पूर्णता दिने प्रयास जारी छ,’ मध्यपुर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले भने ।

नगरपालिकाले गुरुयोजना बनाएर पाटी, सत्तल, मन्दिर, पुराना दरबार, ढुंगेधारा, पोखरी, प्रवेशद्वार सिँढी र डबली पुरानै मल्लकालीन शैलीमा पुनर्निर्माण तथा मर्मत गरेको मेयर श्रेष्ठ बताउँछन् । श्रेष्ठले भने, ‘विकास र सम्पदाको सवालमा पक्ष प्रतिपक्ष नभएर सबैको सकारात्मक भूमिकाकै कारण मध्यपुरको कला, संस्कृति र सम्पदाको विकास गर्न सकिएको छ ।’

नेपाल संवतका प्रवर्तक शंखधर शाख्वाको नामबाट राखिएको मध्यपुर थिमिको शंखधर चोक धेरैजनालाई जानकारी भएको स्थान हो । तर शालिककै पछाडि रहेको डम्पिङस्थल तर्फ भने कसैको ध्यान जान सकेको थिएन । अहिले यो भिरालो स्थानले आकर्षक पार्कको स्वरूप पाएको छ ।

जनताबाट निर्वाचित भएर आएदेखि नै यो डम्पिङस्थल परिवर्तन गर्नुपर्छ भन्ने सोच थियो,’ मेयर श्रेष्ठले भने, ‘स्थानीयवासी र इन्जिनियरहरुसँग छलफल गरेर पार्क बनाउन थाल्यौं ।’

शंखधर चोक नजिक निर्माणको अन्तिम चरणमा रहेको शंखधर पार्क । यो पार्कमा सार्वजनिक बहस तथा ह्याङ्गिङ् गार्डेनको योजना छ ।

इतिहासको कथा बोकेको मध्यपुरथिमिका दुई पोखरी बर्खामा हिलो र हिउँदमा घाँसे मैदानमा परिणत भएका थिए । त्यहाँ राजनीतिक सभा र खेलकुदका गतिविधि हुन्थे । तर अहिले दुईमध्ये एकले पोखरीकै स्वरूप पाइसकेका छन् । अर्को पोखरी पनि आफ्नो स्वरूप समात्ने तरखरमा छन् । हाल यी पोखरी मध्यपुरवासीका लागि मात्र नभएर आन्तरिक पर्यटकहरूको रोजाइको स्थान बनेको छ ।

मध्यपुर नगरको मध्यस्थानमा पर्ने एक पोखरी जिर्णोद्धार पश्चात ।

भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा अन्तर्गत बोडेमा मनाइने जिब्रो छेड्ने जात्रा हजारौंको सहभागिता हुन्छ । त्यही जात्रामा जिब्रो छेड्ने स्थान नजिकै रहेको एउटा घर कुनै समय दरबार थियो भन्ने कुरा धेरैलाई जानकारी थिएन होला । अहिले त्यही स्थानमा पुरानै शैलीमा दरबार निर्माण भएको छ ।

दरबार अवलोकन पश्चात मदनसुन्दर श्रेष्ठले भने, ‘यो दरबार बनाउन स्थानीयको ठूलो सहयोग छ । मैले सोचको भन्दा चाँडै यो तयार हुने भएको छ ।

ोडेमा अवस्थित निर्माणाधीन दरबार ।

यस्तै जिब्रो छेड्ने जात्रा हुने स्थान नजिकै पनि पहिले डम्पिङसाइट थियो । तर अहिले त्यहाँ पनि पार्क निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्माणकै क्रममा भए पनि आन्तरिक पर्यटकहरूको रोजाइको स्थल बनेको छ ।

हरेक वर्ष जात्राको समयमा स्थानीयवासी एक–दुई पटक धर्मकर्मका लागि मात्रै भए पनि जाने सो स्थानमा आकर्षक पार्कका रूपमा निर्माण गरिएको मेयर मदन सुन्दर श्रेष्ठको भनाइ छ ।

बोडेमा अवस्थित पार्क र पार्कमा रहेको धारामा हात धुँदै नगरप्रमुख मदनसुन्दर श्रेष्ठ ।

मध्यपुरथिमि क्षेत्रका जीर्ण मन्दिर, पाटी र सत्तलको समेत पुरानै शैलीमा जिर्णोउद्धार तथा मर्मत गरिएको छ । यहाँको विष्णुकुण्डले मर्मत पछि रूप फेरेको छ । ‘विष्णुकुण्ड खण्डहरमा परिणत भइसकेको थियो,’ मेयर श्रेष्ठले भने, ‘म बाल्यकालमा यो पोखरीमा पौडी खेल्थेँ । यसको जिर्णोद्धारपछि उदघाटन गर्ने बेलामा पौडी खेल्दा बालापनको याद आयो ।’

विष्णुकुण्ड । धार्मिक तथा ऐतिहासिकरुपले महत्वपूर्ण मानिएको विष्णुकुण्डको अस्तित्व नै मेटिएको थियो । यो पुनः उत्खनन् गरेर बनाएको हो ।

ठूला सम्पदाहरूको मात्र नभएर साना सम्पदाहरूको समेत योजना बनाएर निर्माण कार्यलाई तीव्रता दिएर पोखरीहरुको उत्खनन् गरी पुरानै स्वरूप दिने काम जारी छ । पुराना इनार र ढुंगे धाराहरुको पनि मर्मत गरी पुरानै शैलीमा उपयोगमा ल्याउने काम गरिएको छ ।

पुनर्निर्माण गरिएको इनार ।

थप तस्वीरहरु  हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment