+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

भक्तपुरमा यसरी तयार हुँदैछ तिहारको पाला (तस्वीरहरू)

बजारमा तिहारका लागि आवश्यक पालाको माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई यतिखेर पाला बनाउने, सुकाउने, पोलेर पूरा तयार गरी बजार पठाउन भ्याइनभ्याइ भएको छ ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ असोज ३० गते १५:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुरका कुमाले समुदायले तिहारका लागि आवश्यक पाला बनाउने, सुकाउने, पोलेर बजार पठाउन व्यस्त छन्।
  • यस वर्ष माटो अभावका कारण पाला मागअनुसार बनाउन नसकेको व्यवसायीहरूले बताएका छन्।
  • भक्तपुरमा बनाइएको पाला उपत्यका बाहिरका जिल्लाबाट समेत किन्ने गरिन्छ।

३० असोज, काठमाडौं। नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिक आउँदैछ । बजारमा तिहारका लागि आवश्यक पालाको माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई यतिखेर पाला बनाउने, सुकाउने, पोलेर पूरा तयार गरी बजार पठाउन भ्याइनभ्याइ भएको छ ।

दीपावलीको समय आएपछि भक्तपुर र मध्यपुरथिमिका प्रजापति समुदाय तथा माटाका भाँडा बनाउने क्षेत्रका बासिन्दा काममा व्यस्त भएका हुन् ।

यसवर्ष मागअनुसार पाला बनाउन भने नसकेको उनीहरु बताउँछन् । अन्य समयमा दैनिक दुई दर्जन पनि बिक्री नहुने पाला तिहारको समयमा एकै जनाले एक लाखभन्दा बढी बिक्री गर्ने गरेको व्यवसायीहरू बताउँछन् । यस वर्ष मागअनुसारको परिपूर्ति गर्न नसकेको व्यवसायीहरुको भनाइ छ ।

व्यवसायीहरूका अनुसार माटो अभावका कारण पाला बनाउन समस्या भएको छ । जताजतै प्लानिङ र शहरी विकासका कारण पाला लगायतका माटाका भाँडा बनाउने पेशा संकटमा परेको सुमित्रा प्रजापतिले बताइन्। पाला मात्र नभएर माटोका भाडा बनाउँदा विशेषगरी माटोको समस्या तथा माटोका भाँडाहरु पोल्न स्थानको अभाव समेत हुने गरेको उनको दुःखेसो छ ।

उपत्यका तथा बाहिरका बासिन्दाहरुका लागि भक्तपुरमा बनाइएको पाला निकै परिचित छ । यसको मौलिक परिचयका कारण उपत्यका बाहिर काभ्रे, सिन्धुपाल्चोक, पोखरा, धरानलगायत विभिन्न अन्य जिल्लाबाट समेत भक्तपुरसम्म पाला किन्न आउने गरेका छन् ।

हेर्नुहोस् तस्वीरहरू :

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?