Comments Add Comment

कक्षा ११-१२ को नयाँ पाठ्यक्रम सम्बन्धी मुद्दा ‘हेर्न नभ्याइने’ मा

२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतमा दर्ता भएको नयाँ पाठ्यक्रम कार्यान्वयन सम्बन्धी रिटमा आज सुनुवाई हुन सकेन । बुधबारका लागि पेशी तोकिएको यो मुद्दा ‘हेर्न नभ्याइने’ मा परेको सर्वोच्चले जनाएको छ ।

नयाँ पाठ्यक्रम कार्यान्वयन गर्न नहुने भन्दै भगवता अर्याललगायतले दर्ता गरेको रिट न्यायाधीशद्वय मीरा खड्का र वमकुमार श्रेष्ठको संयुक्त इजलाशमा परेको थियो ।

रिटमा पाठ्यक्रम विकास केन्द्र, पोखरा विश्वविद्यालय, मध्यपश्चिम, सुदूरपश्चिम, पूर्वाञ्चल, काठमाडौं र कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई विपक्षी बनाइएको छ ।

गत साता सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले दुवै पक्षलाई राखेर छलफल गर्नुपर्ने भन्दै कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम तत्काललाई लागू नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो ।

यो पनि पढ्नुहोस कक्षा ११–१२ को नयाँ पाठ्यक्रम कार्यान्वयनमा अन्योल

२० भदौ २०७६ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय पाठ्यक्रम तथा मुल्यांकन परिषद्को सिफारिस अनुसार विद्यालय शिक्षाको राष्ट्रिय राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ स्विकृत गरेपछि नयाँ पाठ्यक्रम लागु भएको हो ।

नयाँ पाठ्यक्रम कार्यान्वयनमा १२ करोड रुपैयाँ खर्च भइसकेको शिक्षा मन्त्रालयले जनाएको छ । पाठ्यक्रम लागू हुने/नहुने स्पष्ट नहुँदा आफूहरू अन्योलमा परेको अभिभावक र विद्यार्थीहरूले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment