Comments Add Comment

सात महिनापछि नरवणेलाई प्रधानसेनापतिको जवाफ

२६ कात्तिक, काठमाडौं । मे महिनाको दोस्रो साता भारतीय सेनापति मनोज मुकुन्द नरवणेले नेपालसम्बन्धी आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।

भारतको रक्षा मन्त्रालय मातहतको थिंक टयाङक मनोहर पर्रिकर रक्षा अध्ययन एवं विश्लेषण संस्थानले आयोजना गरेको एक कार्यक्रममा उनले भनेका थिए, ‘नेपालले कसैको इशारामा भारतसँगको सीमा विवादसम्बन्धी विषय उठाएको हुन सक्छ ।’

नरभणेको स्पष्ट संकेत चीनप्रति थियो । त्यसको केही दिनपछि भारतका रक्षामन्त्री राजनाथ सिंहले पनि कसै न कसैको हात रहेको अभिव्यक्ति दिएका थिए ।

भारतीय सेनापति नरवणे सो अभिव्यक्ति दिएको केही समयपछि त्यसलाई सच्याउँदै दुई देशका वीचमा सुमधुर सम्बन्ध रहेको र त्यसलाई सुदृढ गर्न प्रतिवद्ध रहेको बताएका थिए ।

जे होस् त्यो अभिव्यक्तिको नेपालमा कडा विरोध भयो । तत्कालीन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भने, ‘यसले नेपालको इतिहासको अपमान गरेको छ ।’

यससँगै नेपाली सेनामाथि पनि नरवणेको अभिव्यक्तिको जवाफ दिने दबाब बढ्यो । त्यसको जवाफमा नेपाली सेनाले भनेको थियो, ‘नेपाली सेना उपयुक्त समयमा उपयुक्त मञ्च’मा बोल्छ । त्यही उपयुक्त मञ्चमा प्रयोग गर्दै भारतीय सेनापतिको गतहप्ता भएको भ्रमणको समयमा प्रधानसेनापति पूर्णचन्द्र थापाले नरवणेलाई उनको अभिव्यक्तिको जवाफ दिएको एक उच्च सैनिक अधिकारीले बताए ।

ती उच्च अधिकारीले भने, ‘भारतीय सेनापतिसँगको एक्लाएक्लै वार्ता र त्यसपछि आयोजना गरिएको रात्रीभोजमा प्रधान सेनापतिले सो विषय उठाउनुभएको थियो ।’

ती अधिकारीका अनुसार थापाले नरवाणेको भनाइको दिएका छन् । उनले अगाडि भने, ‘उच्च पाहुनालाई दिनुपर्ने सम्मानमा कुनै पनि कमी पनि हुन नदिने र उनले बोलेको विषयमा जवाफ पनि दिनुपर्ने ढंगले यो विषयलाई सम्बोधन गरिएको छ ।’

प्रधानसेनापतिले खुला सीमानाको विषयमा समेत कुरा उठाएका थिए ।

यो पनि पढ्नुस् 

भारतीय सेनाध्यक्षको नेपाल भ्रमणको सन्देश

सेनाध्यक्ष नरभानेको नेपाल भ्रमण : सीमा विवादमा दिल्लीलाई बुझ्ने अवसर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment