Comments Add Comment

जाडोमा प्याजको पात खानुको फाइदा

क्रमस जाडो बढ्दैछ । जाडोसँग कसरी जुध्ने ? न्यानो कपडा, आगो वा हिटर मात्र काफी छैन । कतिपय खानपानको माध्यामबाट पनि चिसो भगाउन सकिन्छ ।

चिसोबाट जोगिनको लागि खाइने खाद्यपदार्थहरुमा तातो सुप र झोलयुक्त तरकारीहरु हाम्रो रोजाईमा पर्छन् । तातो सुपहरुको सेवन गरेर हामीले आफ्नो शरीरलाई न्यानो राख्छौं ।

अझै जाडो महिनामा सुप, तरकारी वा मासुमा प्याजको हरियो पत्ता मिसाउँदा त झनै गज्जब हुन्छ । तरकारी, सुप, मासु लगायतका खानेकुरामा प्याजको पत्ता राखेर बनाउँदा यसले खानेकुराको स्वाद तिख्खर मात्रै बनाउँदैन यसमा भरपुर मात्रामा पाइने पौष्टिक तत्वले हाम्रो शरीरलाई फाइदा पनि गर्छ ।

यसमा क्यालोरी कम हुन्छ र सल्फरको मात्रा धेरै हुन्छ जुन स्वास्थ्यको लागि धेरै लाभदायक छ । यसमा पाइने पेक्टिन नामक पदार्थ क्यान्सर जस्ता भयानक रोगबाट बचाउन उपोगी हुन्छ ।

हरियो प्याजको प्रयोग चीनमा प्राचिन समयमा औषधिहरुमा गरिँदै आएको पाइन्छ । यसमा भिटामिन ए, भिटामिन सी, भिटामिन बी २, कपर, म्याग्नेसियम, पोटासियम, म्याग्निज आदी भरपुर मात्रामा हुन्छ ।

आँखा स्वास्थ्य

प्याजको पत्ताको सेवन आँखाको लागि धेरै लाभदायक छ । यसले आँखाको ज्योती बढाउन सहयोग गर्छ ।

स्वस्थ मुटु

एन्टी अक्सिडेन्टले भरपुर हरियो प्याजको पत्ताले डिएनएमा क्षति हुनबाट बचाउँछ । यस बाहेक यसमा पाइने भिटामिन सीले रक्तचाप नियन्त्रण गर्ने काम गर्छ । यसले कोलेस्टेरोल नियन्त्रण गरेर मुटुको रोगबाट बचाउँछ ।

मधुमेह नियन्त्रण

जुन मानिसलाई मधुमेहको रोग छ उनीहरुको लागि प्याजको पत्ता सेवन गर्नु धेरै फाइदाजनक हुन्छ । यसमा पर्याप्त मात्रामा सल्फर हुन्छ जसले इन्सुलिनको स्तरलाई सन्तुलित बनाइराख्छ ।

क्यान्सरको रोकथाम

प्याजको पत्ताले शरीरमा क्यान्सर सेल बढ्नबाट रोक्छ । यसको सेवन गर्नाले तपाईंलाई क्यान्सर हुने खतरा कम हुन्छ ।

हड्डी बनाउँछ मजबुत

भिटामिन सी र के जस्ता तत्वले भरपुर प्याजको पत्ताले हड्डीहरुको क्रियाशिलतालाई बढाइराख्ने काम पनि गर्छ । यसले हड्डीहरु मजबुत बनिरहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment