२७ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बेल्जियमले स्वीट्जरल्याण्डलाई पराजित गरेको छ । मिची बातसुईले दोस्रो हाफमा दुई गोल गरेपछि बेल्जियमले स्वीट्जरल्याण्ड विरुद्ध २-१ को पुनरागमन जित हात पारेको हो ।
खेलको १२औं मिनेटमा एडमिर मेहमेदीले गोल गर्दै स्वीट्जरल्याण्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा बेल्जियम विरुद्ध अग्रता कायम राखेको स्वीस टोलीले दवसरो हाफमा त्यो लय कायम राख्न सकेन ।
४९औ मिनेटमा बात्सुईले बेल्जियमका लागि बराबरी गोल फर्काए । ७१औं मिनेटमा बात्सुईले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई २-१ को जित दिलाए ।
यस्तै इटलीले इस्टोनियालाई ४-० ले पराजित गरेको छ । इटलीको लागि भिनसेन्जो गरिफोले दुई तथा फेडेरिको बर्नार्डेसीले एक गोल गरे । इस्टोनियाका रिकार्डो ओर्सोलिनीले एक आत्मघाती गोल गरे ।
यसैगरी टर्की र क्रोएसियाले ३-३ को बराबरी खेलेका छन् ।
 
                    










 २०७७ कात्तिक  २७ गते ७:५९
                        २०७७ कात्तिक  २७ गते ७:५९                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4