
२७ कात्तिक, बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । देवदह नगरपालिका–७ का ४७ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा बिहीबार बिहान मृत्यु भएको हो ।
कात्तिक २० गते कोरोना संक्रमण पुष्टि भएपछि २१ गते अस्पताल भर्ना भएका उनको उपचारका क्रममा बिहीबार बिहान सवा ९ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए ।
डा. गौतमका अनुसार उनी एचआईभी संक्रमित हुन् ।
प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १०० पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4