+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

आयो ओखर वाच : प्रत्येक घडी बिक्रीबापत एउटा ओखरको विरुवा रोपिँदै

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २७ गते ११:४४

२६ कात्तिक, काठमाडौं । कोरोना भाइरसबाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउन अहिले विभिन्न प्रयास भइरहेका छन् । सोहीक्रममा व्यवसायीहरुले समेत नयाँ नयाँ उपाय खोज्न थालेका छन् । सोहीक्रममा युवा व्यवसायीले तिहारको मौका पारी ओखरको काठबाट बनेको घडी नेपाली बजारमा भित्राएका छन् ।

ओखरस्टोरडटकम कम्पनीका संस्थापक प्रकाश दाहालका अनुसार जापानिज मोडलमा निर्माण भएको यो घडीको नेपालमै एसेम्बल गरिएको हो । दराजसहित विभिन्न सपिङ इन्जिनबाट घडी बिक्री सुरु गरिएको दाहालले जानकारी दिए ।

‘तिहारमा ओखरको आफ्नै महत्व छ,’ दाहालले भने, दिदिबहिनीले दाजुभाईका लागि एक महत्वपूर्ण उपहारका रुपमा यसलाई प्रयोग गर्न सक्नु हुनेछ ।’ उनका अनुसार कम्पनीले नेपालमा एक घडी बिक्री गरेवापत एक ओखरको विरुवा रोप्ने भएको छ ।

‘यो घडी पूर्णतया काठबाट बनेको हो,’ उनी भन्छन्, घडी बनाउँदा काटिएको रुखको भपाई हामी नयाँ  विरुवा रोपेर गर्दैछौं ।’ कम्पनीले यो घडी एक वर्षे वारेन्टीसहित बिक्रि गर्दैछ । यसको मूल्य भने कम्पनीले ४९९९ रुपैयाँ राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?