+
+
Shares

नेपालबाट चीन उड्ने यात्रुले अब डिजिटल स्वास्थ्य स्वघोषणा फारम देखाउनुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २७ गते १७:२१

२७ कात्तिक, काठमाडौं । बिहीबारदेखि नेपालबाट चीन जाने सबै विदेशी यात्रुले बोर्डिङ पास लिँदा डिजिटल स्वास्थ्य स्वघोषणा फारम देखाउनुपर्ने भएको छ ।

काठमाडौंस्थित चिनियाँ दुतावासले एक सूचना जारी गदै सो फारम प्राप्त गर्नका लागि यात्रुले आफ्नो स्वास्थ्य अवस्थालगायतका अन्य सूचनाहरु खुलाएर निवेदन दिनुपर्ने छ ।

सो फारम प्राप्त गर्नका लागि आईजीएम एन्टीवडी टेस्ट र नेगेटिभ न्यूक्लिक टेस्टको प्रमाणपत्र पेश गर्नुपर्छ । यसबाहेक भिसा र अन्य सूचना पनि पेश गर्नुपर्छ । यी सबै कागजात अध्ययन गरेर दूतावासले स्वास्थ्य स्वघोषणा फारम उपलब्ध गराउने दूतावासले जनाएको छ ।

आइजीएम एन्टीवडी टेस्ट र नेगेटिभ न्यूक्लिक टेस्टको लागि दूतवासले स्टार अस्पताल र ह्याम्स अस्पताललाई तोकेको छ । नेपाललगायत कोभिड–१९ को संक्रमण बढेका मुलुकबाट आफ्नो देश जाने यात्रुलाई चीनले पछिल्लो समय निकै कडाइ गरेको छ । भारतलगायतका अन्य केही मुलुकमा त उडानमा प्रतिबन्ध नै लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?