+
+
Shares

खेलकुद गतिविधि सञ्चालन गर्न स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २७ गते १७:२४
फाइल तस्वीर

२७ कात्तिक, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभडि–१९) का कारण बन्द रहेका खेल गतिविधि सञ्चालन गर्न पाइने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले फुटबल, क्रिकेट, बास्केट बल लगायतका खेल गतिविधि गर्न खुल्ला गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।

मन्त्री गुरुङका अनुसार स्वास्थ्य तथा सुरक्षा लगायतका मापदण्ड पालना गरेर निम्न खेल गतिविधि गर्न अनुमति दिइएको छ :

–ओलम्पिक खेलकुदमा सहभागिताका लागि छनौट हुने खेलका प्रशिक्षण सुचारु गर्न

–फुटबल–क्रिकेट लगायतका खेलहरू अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउन

–मैत्रीपूर्ण खेलहरू आयोजना गर्न

–स्थगित रहेका फुटबलका डिभिजन खेलहरू सञ्चालनको तयारी गर्न

–विभिन्न खेल संस्थाहरूमार्फत आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा सहभागिताका लागि प्रशिक्षण लगायत तयारी गर्न

–खेल संघहरूको गतिविधि सञ्चालन गर्न/गराउन ।

सरकारले गत चैतदेखि समूहमा खेलिने खेलकुद गतिविधि सञ्चालनमा रोक लगाएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?