 
																			२७ कात्तिक, काठमाडौं । सरकारले प्रधानमन्त्री दैवी प्रकोप कोषबाट १ अर्ब रुपैयाँ कोरोना कोषमा सार्ने भएको छ । कोरोना संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको गत आइतबार बसेको बैठकले कोरोना कोषमा रकम अभाव हुन थालेकाले प्रधानमन्त्री दैवी प्रकोप कोषबाट १ अर्ब रुपैयाँ उपलब्ध गराउन प्रधानमन्त्री दैवी प्रकोप कोष संचालक समितिलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
कोषमा करिब पौने ३ अर्ब रुपैयाँ उठेको थियो । यो रकम उपयोग हुन लागेको भन्दै कोषमा थप रकमको जोहो गर्न लागिएको हो ।
समितिको आइतबारको बैठकले कोषबाट आयुर्वेद चिकित्सालय नरदेवीलाई कोभिड रोग विरुद्धमा रोग प्रतिरोधात्मक शक्ति अभिवृद्धि र लक्षणहरुको लाक्षणिक उपचारका लागि एक करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ ।
बैठकले एपीए अस्पताल, काठमाडौंलाई विभिन्न उपकरण व्यवस्थापनका लागि २५ लाख ११ हजार रुपैयाँ निकासा दिने निर्णय समेत भएको छ । सोही बैठकले धादिङ अस्पतालमा पिसिआर मेसिन खरीद तथा सञ्चालनको प्रयोजनमा एक करोड निकासा दिने निर्णय गरेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4