+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

भूमि आयोगले गर्‍यो १०० स्थानीय तहसँग सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २७ गते १९:०३

२७ कात्तिक, काठमाडौं । भूमि सम्बन्धी समस्या समाधान आयोगले स्थानीय तहहरूसँग कार्यसम्झौता गरेको छ । ७ सय ५३ स्थानीय तहमध्ये १०० स्थानीय तह र आयोगबीच बिहीबार सम्झौता भएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले स्थानीय तहका जनप्रतिनिधिहरूलाई कसैलाई काखा र पाखा नगरेर वास्तविक भूमिहीनको पक्षमा काम गर्न आग्रह गरिन् ।

‘हामी भाग्यमानी छौ किनभने हामीलाई यो सुवर्ण अवसर मिलेको छ’, मन्त्री अर्यालले कार्यक्रममा भनिन्, ‘यो आफन्त वा त्यो आफन्त नभनेर जो लक्षित वर्ग हो त्यसका निम्ती काम गर्नुस् ।’

भूमिहीन, सुकुम्बासी, भूमिहीन दलितको पहिचान गर्न कसिलो मापदण्ड बनाएर काम गर्नुपर्नेमा मन्त्रीको जोड थियो ।

कार्यक्रममा बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापा, कावासोती नगरपालिकाकी प्रमुख चन्द्रा पुन र बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले आयोग र स्थानीय तहबीच गरेको प्रतिबद्धता अक्षरस पालना गर्ने प्रतिबद्धता जनाएका थिए ।

९ चैतमा देवी ज्ञवालीको अध्यक्षतामा गठन भएको आयोगले ४ वैशाखदेखि कार्यप्रारम्भ गरेको थियो । आयोगले करिब १४ लाख भूमिहिन परिवार रहेको प्रारम्भिक अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?