+
+
Shares

अमेरिकाले नेपाललाई दियो १०० थान भेन्टिलेटर

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २८ गते १२:११

२८ कात्तिक, काठमाडौं । अमेरिकाले कोभिड-१९ विरुद्धको लडाईमा सहयोग पुर्‍याउन नेपाललाई १०० थान भेन्टिलेटर सहयोग गरेको छ ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआईडी)मार्फत दिइएको भेन्टिलेटर अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तानतरण गरेका छन् । अति दुर्गम क्षेत्रका समुदायको उपचारमा सहयोग पुगोस् भनेर भेन्टिलेटर सहयोग गरेको राजदूत बेरीले बताए ।

स्वास्थ्यमन्त्री ढकालका अनुसार अमेरिकाले दिएको १०० वटा भेन्टिलेटरमध्ये सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई ७/७ वटाका दरले वितरण गरिने छ । बाँकी हरेक सरकारी अस्पताललाई दुई-दुईवटाका दरले दिइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?