+
+
Shares

अप्रिलपछि ३० प्रतिशत घट्यो कोरोनाको मृत्युदर : अध्ययन

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २८ गते १३:०१
फाइल तस्वीर

२८ कात्तिक, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट हुने मृत्युदर गत अप्रिलयता ३० प्रतिशत घटेको एक अध्ययनले देखाएको छ । अमेरिकाको युनिभर्सिटी अफ वासिङटनका शोधकर्ताहरुले गरेको अनुसन्धानमा यस्तो पाइएको हो । युनिभर्सिटीको इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसन (आईएचएमई)ले बिहीबार सार्वजनिक गरेको अध्ययनको रिपोर्टअनुसार अहिले अमेरिकामा समग्र संक्रमितको मृत्युदर शून्य दशमलव ६ प्रतिशत छ । यो महामारी सुरु हुँदाको समयमा यो दर शून्य दशमलव ९ प्रतिशत थियो ।

आईएचएमईका निर्देशक डाक्टर क्रिस्टोफर मुर्रेले चिकित्सकहरुले संक्रमितको उपचार थप प्रभावकारी तरिकाले गर्न थालेकाले मृत्युदरमा कमी आएको बताए । साथै पछिल्लो समयका उपचार विधि पनि थप प्रभावकारी बन्दै गएको उल्लेख गरे । विशेषज्ञहरुले महामारीको केही महत्वपूर्ण जानकारी भने अझै मृत्युदर, समग्र संक्रमित मानिसहरुको हिस्सालगायतका महत्वपूर्ण जानकारी पाउन सकेका छैनन् । कुनै पनि लक्षण नदेखिएका संक्रमितको कारण वास्तविक तथ्यांक पाउन नसकिएको हो ।

आईएचएमईले उमेरको आधारमा गरिएको सर्वेक्षणपछि संक्रमितमध्येको मृत्युदर पत्ता लगाउने प्रयास गरेको हो । अध्ययनका अनुसार एक वर्ष बढी उमेरको मानिसमा मृत्युको जोखिम नौ प्रतिशत बढी हुने गरेको पाइएको थियो । उमेर समुहको आधारमा गरिएको सर्वेक्षणमा मार्च/अप्रिलयता कोरोनाबाट हुने मृत्युदर ३० प्रतिशत घटेको पाइएको हो ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?