Comments Add Comment

पार्टीको निर्णय सबैले स्वीकार गरे समस्या समाधान हुन्छ : माधव नेपाल

२८ कात्तिक,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गर्ने प्रतिवद्धता भए पार्टीभित्र देखिएको समस्या समाधान हुने बताएका छन् ।

काठमाडौंमा पत्रकारहरुसँग कुराकानी गर्दै वरिष्ठ नेता नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गरे समस्याको समाधान आफैं हुने बताएका हुन् । त्यसका लागि पार्टी कमिटीको बैठक निरन्तर राखि छलफल, बहस र वादविवाद गर्नुपर्ने उनले बताए ।

बहसबाट भाग्ने, बैठकबाट भाग्ने र कमिटी प्रणालीबाट भाग्ने भएमा समस्याको समाधान हुन नसक्ने उनको भनाइ छ । ‘पार्टी कमिटी नै एउटा ठाउँ हो जहाँ सबै खालका कुराहरु आउँछन,आउनुपर्छ । छलफल बहसबाट नै उपाय खोज्नुपर्छ । किनभने हामीले आन्दोलन र यो पार्टीलाई एकतावद्ध भएर अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘ छलफल बहसबाट भाग्ने पनि होइन, बैठकबाट भाग्ने पनि होइन, कमिटी प्रणालीबाट भाग्ने पनि होइन एक्लै बन्ने पनि होइन, पार्टीको सामूहिक नेतृत्वलाई पार्टीको निर्णयलाई स्वीकार गर्ने सबैमा प्रतिवद्धता चाहिन्छ ।’

पार्टीलाई एकतावद्ध भएर अगाडि बढाउन सबै नेता कार्यकर्ता अनुशासनमा बाधिनुपर्ने पनि नेता नेपालले बताए । पार्टीको अनुशासनमा बाधिने र आ-आफ्नो ठाउँबाट सशक्त र प्रभावकारी भूमिका खेल्ने र कमिकमजोरीहरुलाई सुधारेमा कम्युनिस्ट आन्दोलन र पार्टी एकतालाई बचाउन सकिने उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment