+
+
Shares

‘सबै शहरी सडकमा साइकल लेन बनाउनुपर्छ’

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २८ गते १८:४९

२८ कात्तिक, काठमाडौं । शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले सबै शहरी सडकमा साइकल लेन बनाउनुपर्ने बताएका छन् । मन्त्री श्रेष्ठले साइकल लेन सहित सडक निर्माण गर्ने जिम्मा लिएका ठेकेदारले साइकल लेन नबाएको भए तत्काल बनाउन निर्देशन दिने समेत बताए ।

शुक्रबार साइकल प्रेमी अभियन्ताको तर्फबाट नेपाल साइकल सोसाइटीले शुक्रबार सबै शहरी सडकमा साइकल लेन बनाउन माग गर्दै अनुरोधपत्र बुझाएका थिए । मन्त्री श्रेष्ठले १० बुँदे अनुरोधपत्र बुझ्दै शहर विकाससंगै साइकल लेनको विस्तार गर्नुपर्ने बताए ।

‘वातावरण र आर्थिक रुपमा समेत प्रभाव पार्ने विषयमा मन्त्रालयले ध्यान दिनेछ’ उनले भने, ‘साइकल प्रेमी युवा अभियन्ताले दिएका सुझावलाईम कार्यान्वयन गर्न सबै निकायलाई निर्देशन दिनेछु ।’

उनले अभियन्ताले दिएको सुझावलाई कार्यान्वयन गर्न तत्काल विस्तृत अध्ययन कार्यदल बनाउने र सोको आधारमा सातै प्रदेश र ठुला शहर रहेका स्थानीय निकायमा सल्लाह गरी सबैसडकमा साइकल लेन बनाउन अगुवाई भुमिका खेल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?