+
+
WC Series
पोखरा एभेन्जर्स 2025
175/8 (20)
VS
Sudurpaschim won by 18 runs
Won सुदूरपश्चिम रोएल्स 2025
193/7 (20)
Shares

फिल्म क्षेत्रको समस्या हल गर्दै जाने मन्त्री गुरुङको प्रतिवद्धता

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २९ गते १६:५९

संचार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङले चलचित्र विकास बोर्डको अनुगमन गरेका छन् । मन्त्री गुरुङले बोर्डमा निर्माण भएको नवरस सभा कक्षको पनि उद्घाटन गरेका थिए । बोर्डले बैठक, तालिम र चलचित्र अवलोकन समेत गर्न मिल्ने गरेर नवरस सभा हल निर्माण गरेको हो ।

हलको उद्घाटनपछि बोर्ड अध्यक्ष दयाराम दाहालले बोर्ड स्थापना, उद्देश्य र वर्तमान अवस्थाको बारेमा जानकारी गराएका थिए । बोर्ड अध्यक्ष दाहालले मन्त्री गुरुङसँग कोरोनाका कारण शुन्य अवस्थामा रहेको चलचित्र क्षेत्रलाई चलायमान बनाउने, बेरोजगार हुन पुगेका चलचित्रकर्मीका लागि विशेष प्याकेज सहित तत्काल चलचित्र क्षेत्र सुचारु ग्र्नका लागि अनुरोध गरेका थिए ।

उनले, विदेशी चलचित्रको विकास शुल्कबाट नेपाली चलचित्रको प्रवद्र्धन र विकास गर्न समस्या भएकाले बोर्डका लागि छुट्टै बजेटको व्यवस्था गरिदिन पनि मन्त्रीसँग आग्रह गरे । मन्त्री गुरुङले चलचित्र विकास बोर्डका अध्यक्षको कुरा सुनेपछि समस्याहरुको पहिचान गर्दै क्रमश समाधान गर्दै जाने बताए ।

चलचित्र क्षेत्र सबैको नजरमा परेको क्षेत्र भएकाले पनि यसको विकासका लागि कुनै ढिलासुस्ती गर्न नहुने मन्त्री गुरुङको भनाई छ । उनले नेपाललाई सुटिङको लागि केन्द्र र आकर्षण बनाउनेगरि काम गर्न चलचित्र विकास बोर्डलाई निर्देशन पनि दिएका थिए । उनले मौलिक चलचित्रलाई देश तथा विदेशमा प्रचार गर्न पनि बोर्डलाई निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?